काठमाडौं । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले सोलारबाट चल्ला कोरल्ने सफल परीक्षण गरेको छ ।
संस्थाका सचिव निर्मला श्रेष्ठका अनुसार दुई दिन परीक्षणपश्चात चल्ला कोरेलेको हो । चल्ला कोरल्नका लागि ३६ देखि ३८ डिग्री तापक्रम चाहिन्छ ।
भारतको केरलाबाट मेसिन ल्याएर सहकारीले सोलारबाटै चल्ला कोरल्ने योजनाका साथ परीक्षण गरेको हो । सचिव श्रेष्ठका अनुसार संस्थाले व्यवसायिकरुपमा सोलारबाट चल्ला कोरल्ने योजना बनाएको छ ।
बिगत २१ दिन अघि बनेपामा नेपालकाे लागि पहिलाे पटक साेलर इन्क्विटरबाट लाेकल चल्ला काेरल्ने अभियानकाे थालनी सफल भएकाे हाे । सचिव श्रेष्ठले उक्त मेशिनबाट चल्ला काेरलिएकाेमा खुसी व्यक्त गर्दै अब गाउँका दुर दराजमा रहेका गरिबीकाे मारले पिल्सिएका नेपालीहरूले स सानाे लगानीबाट पाेल्ट्रि जगतमा नया अायाम थपेकाे बताउनुभयाे ।
Lifeway solar Dvices pvt.ltd केरला ईन्डियाबाट नमूना परिक्षण का रूपमा शुरूअात सफल भएकाे हाे। अब सहकारीका माध्यमबाट पछाडी पारिएका महिला तथा न्यून अाय भएका बर्ग सम्म पुग्ने काेशे ढुङ्गा सावित हुने उहाँले विस्वास व्यक्त गर्नुभयाे । साथै नेपालका ईन्जिनियर द्वारा बनाइएका साेलार सामाग्री प्रदर्शनी तथा तालिम समेत साेमबार बनेपाकाे शेरामा सम्पन्न भएकाे छ ।



