साथी !
पुरानो जुटको खाली बोरा बोकेर
पढ्न स्कुल जाँदा
नालाको गल्लीहरुमा भेट्थ्यो
स्कुल बाहिर बरफ बेच्ने ठाउँमा
हरेक पल्ट भेट्थ्यो
अरुले बरफ खाँदा नजिकै
बसेर मिठो स्वाद लिने तिमी
यसरी सधै मिठो स्वाद लिनु
तिमीले दशैंमा चाख्न खोजेका
सपनाका मिठो परिकारहरु हुन्
शुभकामाना छ साथी
#######
बल्ल बल्ल किनेको त्यो बरफ खाइरहन्दा
बरफ पग्लेर हत्केला हुदै नाडीसम्म बग्दा
तिम्रा तिर्खाएको जिब्रोले
कुहिनादेखि हत्केलासम्म चाटेर
खाए जसरी दशैंमा
खाएर रमाउनु
बडा दशैंको शुभकामना छ साथी !
###################
पोहोर पनि, अनि परार पनि
केहि हाल्न नसकेको लुगाफाटाहरु
यसपाली तिम्रो इच्छा यसरी पुरा होस्
सारा दुनियाँले
दुखि कान्छाको छोरो भनेर
नचिनोस्
हुन् त गरिबको छोरोलाई
कसले पो चिन्छ र !
######
आज यो माहान चाडमा केही दिन सक्दिन
तिमीलाई सम्झिन बाहेक
तिमीलाई मैले केहि दिन सक्दिन
तिमीलाई त हामी साथी भए देखि
यो मुटुमा रातो रक्तकोषसंग संगै
हरेक पल ,हरेक क्षण बगाई राखेको छु /
रगतबिना मुटु कसरी चल्छ र ?
############
हामीलाई बिज्ञान पढाउने सरले
तिमी ठुलो भइ आविष्कार गर्यो भने
के चिज बनाउछौ भन्दा
मैले सबै साथीहरुको फुटेको खुट्टा हेरेर
कहिले नफाट्ने चप्पल बनाउछु भनेको थिएँ
तिमीलाई सम्झना होला /
हरेक कार्तिक मंशिरतिर भोगटे खाँदा
भोगटेको बोक्राको चप्पल बानाएर लाउँदा
जुन खुशी तिमीमा थियो
त्यही खुशी यो दशैंमा आवास
बडा दशैंको शुभकामाना छ साथी !
#############
तिम्रो घरमा कोही पाहुना आउदा
तिमीले पाएको पैसाले चकलेट किनेर
मैलो कमिजको छेउमा पोको पारेर
दाँतले टोकेर
आधापारि मलाइ बाँधेको खुब याद आउछ
त्यति खेर मैले पनि भनेको थिएँ
मेरो घरमा पाहुना आउँदा पैसा दियो भने
म पनि तिमीलाई खुवाउछु
यसरी नै खुशीहरु बडा दशैंमा बाँड्न सकोस्
बडा दशैंको शुभकामना छ साथी !
#######################
बुबाले दुध बेचेको पैसा आए पछि
कलम किनिदिन्छु भनेको छ भन्दै
धेरै पटक मेरो कलमले तिम्रो कापीमा
सुनौला भबिश्य कोरेको थियो/
कलम किनेकै दिनमा
दिनभरी नयाँ कलम मैले भिर्दा
गर्भले छाती फुलेको थियो
यसरी नै पालो पैचो गरेर
जिन्दगी अगाडी लैजानु पर्दछ
गरिबलाई कसले पो पत्याउँछ र ?
###########
कापी पन्ना सिधिएको बेला कहिले मैले त
कहिले तिमीले बिचको खिपबाट झिकेर
हाम्रो आफ्नो आवस्यकता धेरै पटक पुरा गरेका छौ
जाबो यस्तो काम अहिलेका पार्टीहरुले
गर्न नसकेको देख्दा दुख लाग्छ
कहिले काँही त हामी दुइले मात्र
हाम्रा बालपनको हाम्रो विशुध्द शिध्दान्तहरु
प्रयोग गरेर सरकार नै चलाऔ कि जस्तो झोक चल्छ
अरु कसैको माटोमा बनेको शिध्दान्त प्रयोग नगरी
तिमी र मैले बाहुलाले सिंगान पुच्छ्दै
अंगालेका त्यो बालापनको शिध्दन्तहरु
अपनाएर देश चलोस्
बडा दशैको शुभकामना छ /
*****************************



