नेपाल तिमीलाई हेर्दा
नेपाल तिमीलाई हेर्दा आँखा रसाउछ
थोपा थोपा मिलेर नदी
र नदी नदी मिलेर सागर बन्छ
बरर झर्छ
रोक्न खोज्दा रोकिदै रोकिन्न
नेपाल तिमीलाई हेर्दा आँसु झर्छ ।
नेपाली नेपाली लडी नेपालीलाई नै
सिध्याउछन् शान्ति लेराउछु भनी
रगत बगाउछन
कतै फेरी महाभारत त हुने हैन
नेपाल तिमीलाई हेर्दा आँसु झर्छ ।
सौन्दर्य भएर पनि कुरुप भैइछौ
ज्ञान छ तर फैलाउन नसकेकी रहीछौ
आमा भएर पनि दण्ड दिन नसक्ने भैइछौ
नेपाल तिमीलाई हेर्दा आँसु झर्छ ।
नेपाल तिमी भित्र भित्र खोक्रो भैसक्यौ
अहिले त देख्दिन
तिम्रा केही बिशेषता आउने पिडिले देख्ने छन्
तिमीलाई ईतिहासमा
नेपाल तिमीलाई हेर्दा आँसु झर्छ
म पनि केही गर्न सक्दिन
वाध्यता छ झन यसो हुँदा
आसुँ मात्र झरेर के हुन्छ र
सबैले त रगत बगाए
त्यसैले नेपाल यस्तो हुँदा त रगत बग्छ
फेरी ईतिहासमा नेपालको नाम आउछ
नेपाल रगतको सागर निसन्देह
नेपाल यस्तो हुँदा त्यही सागरमा
डुबेर प्राण त्याग्न मन लाग्छ ।
——



