पाल्पाली अचार “चुकौनी “

- रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला,बनेपा-४,काभ्रे


चुकौनी एक साकाहारी परिकार हो / यो परिकार बिशेष गरि दही र आलुबाट तयार गरिन्छ /चुकौनीलाइ “पाल्पाली अचार” भन्ने गरेको पनि पाइन्छ /बास्तबमा नेपाल एउटा यस्तो भुमि हो जहाँ हरेक क्षेत्रमा आआफ्नै विशेषताले भरिपूर्ण रैथाने स्वादका भर्जिन परिकारहरु पाइन्छन /प्रचार प्रसारको अभावले प्रत्यक नेपालीको जिब्रोले स्वाद लिन पाएका छैनन विदेशीले त परै जावस् / पाल्पा वरिपरिका जनमानसमा मुखैमा झुन्डिएको भएतापनि यसलाई नेपाल तथा बिदेशमा समेत पुर्याउन सकेको खण्डमा सुनमा सुगन्ध हुन्थ्यो /

ठिकले उसिनेको आलुलाई सानो सानो टुक्रा टुक्रा पारिन्छ / आधा किलो आलुमा आधा लिटर दरले राखेर एउटा भाँडोमा मिसाउने गरिन्छ /त्यसपछि प्याज,धनियाँ,नुन,तोरीको तेल,मेथी,बेसार,कात्र्को हरियो खुर्सानी र तिल राखेर मोलिंछ/ तिल भुटेर  र मसिनो गरी पिधिन्छ /   मसिनो गरी प्याज काटेर राखिन्छ  / प्याज नराखे पनि चुकौनी बनाउन सकिन्छ/तोरीको तेल तताएर राखिन्छ /यदि तोरीको तेल नभए सूर्यमुखी या भटमासको तेल भए पनि हुन्छ/  तेल तातेपछि रातो खुर्सानी र मेथी फुराउनु पर्दछ । मेथी र खुर्सानी गाढा रातो हुँदै कालो हुन नपाउँदै बेसार राख्नु पर्दछ बेसार भने कालो हुन दिनु हुदैन /अब आलु, र दही राखेको भाँडोमा  तेल अलि सेलाएपछि राखेर हातले मोल्नु पर्दछ / दही अमिलो नभएको खण्डमा चुक अमिलो या कागतीको रस हालेर फेरि मोल्नु पर्दछ / हरियो धनियाँ काटेर माथिबाट  छर्कनु पर्दछ यसरी चुकौनी तयार पारिन्छ /आवश्यकता अनुसारको सानो ठुलो प्लेटमा हालेर खाइन्छ /यो परिकार बिशेष गरि गर्मीयाममा बनाइन्छ /चुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनी मात्र खाए पनि हुन्छ ।

पाल्पा, अर्घाखाँची, गुल्मीतिरबाट बसाइँ सरेर विभिन्न क्षेत्र पुगेकाहरले हिजो आज चुकाउनी बनाएर हाल पाल्पाबाट नेपालको बिभिन्न स्थानमा यो मुखै रसाउने परिकार पुगेको छ / आफुले चिनजान–इष्टमित्र र नातागोतालाई चखाउन्दै चुकाउनीको स्वाद फैलिएको हो। पछिल्लो समय बढेको आन्तरिक पर्यटनले यसको स्वाद धेरैको जिब्रोमा अडेको छ।विश्वको ७५ वटा आलुको परिकार बारे जानकारी दिने ‘मुखै रसाउने आलुका परिकार’ विशेषांकमा पनि यस परिकारबारे उल्लेख हुनु ठुलो कुरा हो /यसले गर्दा हाम्रा रेथाने एक कुनोमा रहेको परिकारले अन्तराष्ट्रिय जगतमा लोकप्रिय नहोला भन्न सकिन्न /

 

 

 

 

 

यसमा तपाइको मत