कालापानी र लिपूलेक, कठैबरी मेरो देश

- विश्वाश राज कुँवर


कालापानी र लिपूलेक कठैबरी मेरो देश
कठैबरी दूई तिहाई सरकार
एस्ता नेतालाई भोट ,जीवन को सवैभन्दा ठुलो चोट

देश बनाउनेलाई धिक्कारी देश बेच्नेलाई स्वीकारी

के गरेउ त हामी महान नेपाली ।

तरुल भित्रै कुहेछ तेसैले ढुङ्गाले नकुहेको भाग छुटौदै छ
तरुल कुहौनेनि आफ्नै छ, कुहेपछी नै त होली वाइन जो बन्छ

आफ्नै भाग अरुलाई बेच्छ ५६ अर्ब भिक पाउदा पर्ब मनाउछ
सगरमाथा र बुद्धको देश कठैबरी भिकारी देश भनी चिनाउछ
तै चुप मै चुप जाबो एउटा राजदुतावासको पत्रले डराउछ
यित सबै चेसको गट्टी हुन खोइकुन्नी कुनचाइ औंलाले चलाउछ

झुटो राष्ट्रबाद को खेती गर्ने अनी चुनाव जित्ने
सर्बहारा भन्ने तर सबै आफ्नै नाता गोता पोस्ने
हेप्ने, नेपाल सरकारलाई हेप्ने, दुई तिहाइ सरकारलाई हेप्ने
बिरोध गर्नेलाई भाला घोप्ने हेरऊ अब लिपुलेकमा के रोप्ने

सानो दु:ख ले आर्जेको मुलुक होइन मेरा पुर्खाले
दिब्य उपदेश लाई फाली बिदेशी बाद अँगाल्नाले
झुत्रा झात्रे अपराधी अनपढ लाई देश सुम्पिनाले
हेर नेपाली दु:ख पाइस् मंगले आफ्नै ढङगले। ?
??????????????

—— ———

यसमा तपाइको मत