धनुषा – जनकपुरमा शंकास्पद बस्तु फेला परे


धनुषा – जनकपुरमा शंकास्पद बस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ नेपाल राष्ट्र बैंक र  नेपाल पत्रकार महासंघ धनुषा शाखा  कार्यालयबाट १५० मिटरको दूरीमा  शुक्रबारी बजार शंकास्पद बस्तु फेला परेको हो ।

अहिले शंकास्पद बस्तु फेला परेको ठाउँमा घेरा हालेर सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ  । घटनास्थलमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

शंकास्पद बस्तु फेला परेको क्षेत्रभन्दा केही अगाडि, संघीय प्रहरी एकाई जनकपुरधामको कार्यालय रहेको छ । शंकास्पद बस्तु फेला परेकोले बम डिस्पाेज गर्ने नेपाली सेनाकाे टाेलीलाई बाेलाइएकाे छ ।

यसमा तपाइको मत