केही वर्षअघिदेखि अक्षरको व्यापार अँगालेर अघि बढिरहेका कलमकर्मीको नाम हो – दामोदर ढकाल ‘दीपक’ । ‘दीपक’ को काम प्रकाश छर्नु हो । अन्धकारको नास गरी उज्यालो प्रदान गर्नु हो । अक्षरका माध्यमबाट त्यही कर्ममा लागेका छन् दामोदर ढकाल ‘दीपक’ । काम अनुसारको उपनाम ठिक जँचेको छ । ‘म साहित्यकार होइन तर साहित्यलाई पे्रम गर्ने मान्छे हुँ’ भन्ने दीपकजी साँच्चै व्यवहारमा पनि त्यस्तै देखिन्छन् । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा वि. सं. २०३५ सालमा जन्मेका उनी परिश्रमका पर्याय हुन् ।
आजभन्दा ठिक एक वर्षअघि अर्थात् वि. सं. २०७५ साल कार्तिकमा प्रकाशनमा आएको उनीद्वारा लिखित कृतिको नाम हो – ‘तँ’ । विधागत हिसाबमा उपन्यास । उपन्यास पनि लघु । मात्र पैँसठ्ठी पृष्ठमा संरचित । यसै वर्षको भदौतिर उपहारका रूपमा प्राप्त भएको थियो मलाई यो कृति । हात थापेको दुई साढेदुई महिना जतिपछि अक्षरशः पढ्न भ्याएँ । पढ्दै गर्दा बिचमा रोकिनु परेन । लघुबङ्कासम्म नगरी एउटै लघुबसाइमा सकियो । स्वादिष्ट लाग्यो । पूरै पढिसक्दा पेट अघायो जिभ्रो अघाएन भनेभैmँ भयो । अभैm पढ्छु भन्दाभन्दै अक्षरले बिदा लिए ।
दामोदर ढकाल ‘दीपक’ को अक्षरलाई कागजमा टाँस्ने एउटा अक्षर कारखाना छ । उनले यसको नाम ‘गौरी पब्लिक रिलेसन एन पब्लिकेशन’ जुराएका छन् । उनी यसै अक्षर प्रकाशन कारखानाका अध्यक्ष हुन् । यसमा आफ्नो कृति त छाप्छन नै्, अरूको पनि छोड्दैनन् । छापिदिन्छन् । ‘बाल’ देखि ‘वयस्क’ सम्मका लागि यपयोगी पुस्तक छापेर आफ्नै अगुवाईमा अक्षरको बजारमा लगेर छर्छन् । पढ्नेले रुचाउँछन्, नपढ्नेले कुरा काट्छन् । साहित्यबस्तीको समाज यस्तै छ ।
‘तँ’ भित्र पुस्तागत लडाईं छ । पात्रगत हिसाबले केलाउँदा यस्तो अनुभूत हुन्छ । पात्रहरू कोही शोषण र पुरातनवादी विचारका बाहक छन्, कोही स्वच्छ मनले केही गर्नुपर्छ भन्ने सोचका नवआधुनिक विचारका प्रवर्तक छन् । राम्रैसँग दुवैको द्वन्द्व चल्छ यसभित्र । कुराका चिप्ला व्यवहारका कडा छन् – शोषण र पुरातनवादी विचारका नायक घरबेटीका रूपमा उपस्थित गराइएका पात्र राम । उनी समाजभित्रका शोषक, दमनकर्ता, व्यभिचारी, घुस्याहा, छट्टू आदि पात्रको प्रतिनिधिका रूपमा उपस्थित गराइएका छन् । पूर्व पेशाले पूर्व सिडिओ हुन् उनी । समाजको भाषामा पेन्सनधारी । जागिरपछि कवाडी व्यवसायी । उनी उपन्यासको मुख्य पात्रमध्येका एक भएर पनि कुपात्रका प्रतिनिधित्व गर्छन् ।
समाजमा स्वच्छ मनले केही गर्नुपर्छ भन्ने सोच बोकेका नवआधुनिक विचारको प्रवर्तन गर्न खोज्ने पात्रका रूपमा ‘म’ भएर उपन्यासकार
आपैmँ उपस्थित भएका छन् । तर, उपन्यासको अन्त्यतिर पुगेपछि यो ‘म’ पात्र उपन्यासकार होइन रहेछ भन्ने खुलस्त पारिन्छ ।
उपन्यासको औपन्यासिक कथानक सानो छ । मुख्यपात्रको रूपमा रामको नामबाट अगाडि सारिएका घरबेटी छन् यहाँ । समाजलाई नपच्ने कुकृत्यका नायक हुन् उनी । नाम नलेखीकन नक्कली डाक्टरको रूपमा उपस्थित छन् घरबेटीका छोरा, जो पुलिस अफिसमै डाक्टर छन् । रामको घरमा काम गर्ने केही केटी, डेरावाल, पहिलोको मृत्यु पश्चात् ल्याइएकी राम आपैmँकी दोस्री श्रीमती, कवाडीवाल, पुराण आदिमा वर्णित नारद र महाभारतमा वर्णित शकुनीको भूमिका बिर्साउने नारी पात्र दमन्ता आदि पात्रहरू यसभित्र सजिलै अटाएका छन् ।
मुख्य पात्र रामसँग सम्पर्क हुन्छ ‘म’ पात्रको । उनकै घर भाडामा लिन पुग्छन् । अनेक किसिमका कचिङ्गल आइलाग्छन् । अनेकका अनेकथरी कुरा सुनेर ‘म’ पात्रलाईु हुनसम्म दुःख दिने नियत राख्छन् । रामको न घरभित्रको व्यवहार ठिक छ न बाहिरको । आफ्नै श्रीमती पनि उपत्यका बाहिर बस्छिन् । कारण, केटी देखेपछि कृष्ण बन्न चाहने उनको आनीबानी हो भन्ने अनुमान लगाउँछन् उनलाई चिन्नेहरू । ‘म’ पात्रलाई अप्ठ्यारो पारेर पैसा मागिन्छ । कोठा छोड्न भनिन्छ । उनी समय माग्छन् । ऊ मान्दैन । तानन्तार ताकेता भइरहन्छ विभिन्न माध्यमबाट । मज्जैले धम्क्याइन्छ । फेरि कोठा छोड्न खोज्दा थप एक महिनाको भाडा बढी खाएर मात्र कोठा छोड्न दिइन्छ ।
पूर्व सिडिओ अर्थात् घरबेटी राम मर्छन् । उनको मृत्युसँगै समाजको सामन्ती, शोषक, व्यक्तिचारी, घुस्याहा, छुल्याइँकर्ता आदि सबैको मृत्यु हुन्छ । घरबेटीको यो मृत्यु प्रतिकात्मक छ । उनको मृत्युमा रुने उनकै घरमा डेरा गरी बस्ने र देखिने रूपमा घरबेटीकै लुगा धुने, भाँडा माझ्ने, बढारकुढार गर्ने एउटी को को युवती महिला पात्र मात्र हुन्छिन् । अरू रुँदैनन् । कत्ति पनि विस्मात गर्दैनन् । यसले उनीहरू बीचको विशेष सम्बन्धलाई पनि सङ्केत गर्छ ।
रामको मृत्युपछि बाहिर बसेकी श्रीमती घर आउँछिन् । घर सुचारु हुन्छ । मृत्यु संस्कारभित्रका विभिन्न काममा ‘म’ पात्र उपस्थित हुन्छ । कत्ति पनि कृतघ्नता देखाउँदैन । परिवारका सदस्यहरू ‘म’ पात्रलाई रामको विगतका कुराहरू खोतलेर गुनासो गर्छन् ।
‘तँ’ शब्द नामधारी उपन्यास शाब्दिक हिसाबले जति अशिष्ट छ, औपन्यासिक कथागत हिसाबले त्यत्ति नै शिष्ट छ । सरल छ । यतिभन्दा बढी अहिले नबोलौँ । किनकि, बढी बोल्दा उपन्यासभन्दा लामो समीक्षा भयो भने समीक्षकको के हबिगत होला ! त्यसैले यत्तिकैमा कलम बिसाउने अनुमति चाहन्छु । सबैको जय होस् । ***
‘तँ’ भित्र ‘म’ को विचरण
- बाशुदेव गुरागाई



