रास्ट्र निर्माता श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह प्रती समर्पित

- विश्वाश राज कुँवर 


 यो शालिक केबल शालिक होइन
यो शालिक केबल प्रतिक होइन
यो शालिक केबल ईतिहास होइन
यो शालिक केबल मुर्ती होइन
के होत यो ?
यो श्री पेच उच्च हिमाल
यो शिर पहाड
यो छाती समतल तराइ हो
अंङग कला धर्म संस्कृति नेपाली पहिचान हो
नसा रगत बग्ने पवित्र नदी नाला हो
यो पूर्ण कद आँफै बिशाल नेपाल हो
त्यो माला सयौ फुलका थुँगा नै हो
सार्बभौम भै फैलिएका तेही पोसाक नै हो
त्यो हातको एक औंला नेपाल एक स्वाभिमान हो
त्यो ढाल कवच र तरवारले कोरेको सिमाना हो
त्यो पाउले जहाँ टेक्यो एही अहिलेको नेपाल हो
यो शालिक केबल शालिक होइन
यो शालिक नेपाल हो,
नेपालीको आन वान र शान हो ।
यो शालिक नेपाल र नेपाली को पहिचान हो ।
यो शालिक नेपाल हो ।

यसमा तपाइको मत