पौराणिक ग्रन्थहरुमा गित ,संगीत र नृत्यका आदि गुरु भगवान शंकरलाई मानिएको छ । भगवान शंकरबाट ताण्डब र पार्वतीबाट लास्य नृत्यको प्रादुर्भाव भएको उल्लेख छ । त्यसै गरी उर्वाशीले भारत नृत्यम्लाइ सिकाइन् भन्ने गरिन्छ । प्राचीन मन्दिरहरुमा तथा हस्त लिखित ग्रन्थहरुमा बिभिन्न हाउभाउमा देवी देवताहरु नाँचिरहेको अद्यपि छंदैछ । ऋग्वेदका मन्त्रहरुबाट नै गाउन मिल्ने छानेर सामबेद बनेको हो ।यो मिठो स्वर हाली गाउन मिल्दछ । यस वेदमा गित संगीत तथा बाजागाजा हरुको (वंशी ,मृदंग ,विणा ,डमरु आदि) उल्लेख गरेको पाइन्छ ।
गायन, बादन र न्रित्य तिनै वटै कलाहरु एक आपसमा नङ र मासु जतिकै मिलेको हुन्छ । त्यसैले संस्कृतमा भन्ने गरिन्छ “गितं वाद्यमं तथा नृत्यं त्रयं संगीत उच्यते” । लोक गित संगीतमा विशेष गरि देशको प्राचीन संस्कृति,बिभिन्न घटनाहरु ,आफ्नो समुदायले मान्य चांड पर्वहरु र प्रेमी-प्रेमिकाको बीच आत्मिक मिलन तथा बिछोड ,जस्ता हृदयोदगार भावहरु ब्यक्त गरिएका हुन्छन । अझ स्पष्ट भन्ने हो भने नेवार समुदायमा त्यो भन्दा बढी बिषय बस्तुलाई समेटेर गित संगीत रचना गरिएका हुन्छन । जस्तो संस्कार गित ,कार्यगत गित ,समायिक गित आदि ।
नेवारी लोक गित संगीतलाई बिशेष गरि चार प्रकारमा विभाजन गर्न सकिन्छ ।
१) धार्मिक गित :- यस अन्तर्गत भजन,चर्या गित ,संस्कार गित ,चाडपर्ब गित आदि पर्दछ । ‘
२ )कार्यगत गित :- यस अन्तर्गत आफ्नो काम अथवा कार्यगर्दा वा पेशामा गाउने गीतहरु जस्तै सिनाज्या म्ये ,तुकाज्या म्ये आदि पर्दछ ।
३ ) सामयिक गित :- समय सापेक्ष रुपले गाइने गित संगीत यस अन्तर्गत पर्दछ जस्तै बिहांचुली ,बाह्रमासे ,उत्सब गित र बिभिन्न खेल सम्बन्धित गीतहरु आदि ।
४ ) स्वच्छन्द गित :- यस अन्तर्गत मेलापर्व ,जात्रा ,आदिमा गाइने गीतहरु जस्तै राजमती ,जिमिथाय लाछी आदि ।
यहाँ यस्तै नेवारी लोक संगीत अन्तर्गत पर्ने कार्यगत गित जस्तै एक वटा नयाँ गित प्रस्तुत गर्न लागेका छौ । उक्त गीतको रचनाकार ,संगीतकार
र गायक महेन्द्र प्रजापति हुनुहुन्छ ।
चा ,चा : हि:कू चा: कथिं सिंया घ:चा चा ।।
निभा: त्वगु इ:लय छिल भारा भातिचा ।।१।।
घाँय मो: सु व छोस्मो दुया दुया भारा त उना ।।
बाज्यापिन्सं याना व:गु लाजगा ज्वना ।।२।।
ढाल्चा ,लम्पी , भोंचा ,भेग: तेप सला: पा ।।
लिवं लि: वल लाजगा आ:ला जिमिउ पा:।।३।।
थापिं , कोरी , धौ:पति , दलुचा , देवा ।।
थौं तकं याना वया जिमिसं ला सेवा ।।४।।
नेवारी समुदाय भित्रको एक अतिनै मेहिनिती गर्ने माटोसंग खेल्ने जाति कुम्हाले जाति हो । जुन जातीले माटोमा आफ्नो पसिना बगाएर मानिसलाई चाहिने माटाका लोभ लाग्दा भाँडा कुँडा बनाउँदछ। आफ्नो शिपले अमुर्त माटोलाइ मुर्त रुप दिन्छ । तिनै समाजको वास्तविकता यो गीतले ब्यक्त गरेको छ । आफ्नो माटोको भाँडा बनाउने चक्कालाइ एक लाठीले घुमाएर घाम लागेको बेलामा भाँडा कुँडा बनाउछ । यस गीतमा लुकेको अर्थ पनि छ। घाम लाग्नु भनेकै प्रकृतिले साथ दिनु हो । तिनै प्रकृतिसंग रमाएर खेल्नु नै जीवनको रुपमा गीतकारले लिएको छ।
आफ्ना प्रियजन बाजे बराजुले गर्दै आएको र आफुले पनि देख्दै ,सिक्दै आएको शिपलाई सहर्ष स्वीकार गर्दै पराल ,छावली बालेर काँचो भाँडा कुँडालाइ जीवन्त दिई पाको बनाएको कुरा गीतले अभिव्यक्त गर्न खोजेको छ ।
नेवारी समाजमा नभई नहुने बिभिन्न माटाका भाँडा कुँडाहरु जस्तै ढाल्चा ,लम्पी , भोंचा ,भेग: तेप सला: पा आदि बनाउंदै आइरहेको र अबको पुस्ताले पनि बनाउंदै छ । पुस्ता हस्तारन्तरको कुरालाई यस गितले उठाएको छ ।
थापिं , कोरी , धौ:पति , दलुचा , देवा आदि आजको दिनसम्म पनि बनाउंदै सेवा गरेको कुरा गीतले अभिव्यक्त गरेको छ । वास्तबमा गीतकार प्रजापतिले यो गित मार्फत थुप्रे कुराहरु उठाएको छ । जयस्थिति मल्लले जात विभाजन गर्दा जुन जातिले जुन काम गर्नु भनेको थियो । आज सम्म पनि बिचलित नभई सोहि काम एक पुस्ताबाट अर्को पुस्तासम्म पनि सेवाको भावानाले काम गर्ने एक इमान्दार ,कर्तव्यनिष्ठ जाति कुम्हाले हो भन्ने कुरा छाती फुलाई भनेका छन । गीतकार महेन्द्र प्रजापति गोंगबु टोखा नगर पालिकामा बस्नु हुन्छ। बिभिन्न बाजा गाजाहरु बजाउन पनि शिपालु हुनुहुन्छ । नेवारी गित संगीतमा निकै चाख राख्ने मात्र होइन डबली डबली ,टोल टोलमा गायनमा पनि उत्साहाका साथ भाग लिनु हुन्छ ।
गीतकार प्रजापतिले थुप्रे आफ्ना गीतहरुलाई आफैले स स्वर गायर फेसबुकमा पनि राख्नु भएको छ । उहाँको गीतहरुलाई तत्काल रेकर्ड गरेर जीवन्त बनाउँनु पर्ने देखिन्छ। उहाँका गीतहरुमा सरल , सरस र कर्ण प्रिय लाग्द्छ । अझै भन्नु पर्दा उहाको गीतहरुमा भाषामा लालित्य ,भावमा गाम्भीर्य र मुटु भित्र छुने खालको विशेषताले भरिपूर्ण छन् । उहाँलाई शुभकामना गित संगीतको क्षेत्रबाट सधै अगाडी बढ्दै जाउन ।



