कोरोनाको पिंडामा म हाँसे भने
कृपया माफ गर्नुहोस
मृत्यु अंगाल्न नसकेर
आफुलाई आफैले जबरजस्ती
नाटकको पात्र बनाएको हुँ /
महिनौंको लक डाउनमा
बिस्तारै सबै थोक लक डाउन हुँदो रहेछ
चुलो चौका ,हात पाखुरा सबै लक डाउन हुदो रहेछ
मन मष्तिक त झन के कुरा
कयौ पटक चिन्ताको ज्वालामा दंकिँदो रहेछ
रेडियो ,टिभीको लाखौ लाखको मृत्युको खबर
नाकाबाट कोरोना छिरेको खबर
हवाईजहाजबाट कोरोना उडेर आएको खबरले
कतै धैर्यताको छानो उडेको त छैन ?
कतै मेरो ढोका अगाडिको पिखालाखुमा त
कुरेर बसेको छैन ?
हार भने मानेको छैन
सन्तोषको धर्सा बटुलेर
बिरक्त मुटुलाई सुम्सुम्याउन्दै
अनिश्चित दुर्घटनाबाट जोगिन
टोले छिमेकीहरु
झाक्री , बैद्य र पाष्टर हरुले
कोरोनाको औषधि बनाएको
दाबी गरि रहंदा
म हांसी रहें भने
आफुलाई आफैले जबर्जस्ति
नाटकको पात्र बनाएको हुँ /
नाटकको पात्र अवश्य बनाएको हुँ
####################



