ल र ख का दुई दुईवटा हाइकुहरु

- बाशुदेव गुरागाइ


दुई ‘ल’ हाइकु –
************
लर्तराे छैन
केही न केही गर्छु
जिउँदै छु म ।

लुकेर खाऊ
सकेसम्म फुटाऊ
लकडाउन ।

दुई ‘ख’ हाइकु –
*************
खहरे भेल
समुद्रमा मिल्दैछ
सुनाैलाे साख ।

खैला र बैला
बेमाैसमी नाटक
पैसा र पद ।

यसमा तपाइको मत