राशिफलकाे अौठी

- सीता बिष्ट कार्की


लघुकथा :राशिफलको औठी
सीता बिष्ट कार्की (सीबिका)

अहिलेको दशै पेस्किले बालाई राशिफलको औठी किनिदिएको छु , पोहोर सालको दशैमा घर जाँदा बाले सुप्रीमलाई हिड्ने बेला भन्नुभएको थियो , मेरो कन्या राशी हो राशी अनुसारको औठी लगाउने हो भने रोगब्याधी लाग्दैन रे ।
सुस्माले भनी ,मलाई त तिजको बेला एउटा डायमन्ड हिराको फूली किनिदिनुस न भन्दा पैसा छैन भन्नुहुन्थ्यो त । त्यतिबेला मेरो भरखर प्रोस्टेटको अप्रेसन गरेको थियो , पैसा नभएर सापट खोजेको तिम्लाई पनि थाहा थियो होइन र ? सुप्रीमले भन्यो ।
मान्छेका आवस्यकताहरु असिमित हुन्छन् ,अर्काको देखासिखि गर्नु पनि हुदैन , घाँटी हेरि हाड निल्नुपर्छ ,तिम्रो फूली छँदैछ नाकमा त्यो पनि जर्किन हिराको हो ।मेरा साथी सबैले अचेल डायमन्ड हिराको फूली लगाएका छ्न , जर्किन हिराको त चलन गइसक्यो सुस्माले भनी।
छोराको अघिल्तिर यस्ता कुरा नगर त
सुस्मा ! कुरा नटुङिदै घरबाट फोन आयो ठूलो दाइको , के भन्नु र भाइ दु:खद खबर सुनाउन पर्यो ।बाको आज बिहान हृदयघात भएर भरतपुर अस्पताल ल्याएको त्यहाँ पुग्न नपाँउदै संसार त्याग्नु भो ।
सपना हो कि विपना हो छुट्टाउनै मुस्किल भयो , आकाशले चापे जस्तै भो , धर्ति भासिए जस्तै भो । अब सिधै बाको अन्तिम बिदाइकोलागी देवघाट आउनु है यति भनी सुप्रीमको दाइले फोन राखिदिए ।
सुस्मा र छोरालाई लिएर बाको जलिरहेको शरीर हेर्न देवघाट पुगे ।राम नाम लेखेको कपडाले छोपेको शरीर उघारेर हेरे , बा तिम्रोलागि राशिफलको औठी ल्याईदिएको छु , एकपटक छोरा भनेर बोलन , म आए राशिफलको औठी लिएर तिमीलाई भेट्न ।

दागबत्ती दिएपछि सुप्रीमले जलिरहेका हातहरु हेरिरह्यो र भन्यो शुस्मा यो राशीफलको औठी तिम्रो बा ,मेरो शसुराबालाई दिए है १३ दिनपछि ,यो बाक्यले शुस्माको मन सियोले जस्तै चसक्क घोच्यो ,सुप्रीम मलाई माफ गर है , सुप्रीमको आँखाबाट नारायणी नदि बगिरहेको छ ।
गोङ्गबु , काठमाडौ

यसमा तपाइको मत