बुद्ध बिउझाउन चाहन्छु

- सुर्य प्रसाद लाकोजु ,पनौती


बुद्ध बिउझाउन चाहन्छु

हारेर आफू
तिमीलाई जिताउन म चाहन्छु
सहेर पीडा आफैले
तिमीलाई खुशी दिन म चाहन्छु
भो नगर
घृणाको ब्यापार
म त
छरेर मायाको बिउ
प्रेम फलाउन चाहन्छु
मारेर मनको राक्षस
बुद्ध बिउझाउन चाहन्छु ।

यसमा तपाइको मत