दुई मुक्तक

- सन्दीप के सी


थोपा थोपा पसिनाको मूल्य सबले बुझ्नु पर्छ

हातका ठेला सुम्सुम्याउँदै भाग्य खोज्नु पर्छ ।
श्रमको त्यो मुल्य डस्ने जो कोहि नै भएपनि
समाज बाटै तिरस्कारको, न्याय रोज्नु पर्छ।।

रुँदा झर्ने आँशु भित्रै अनेक चित्र भयो
हाँस्ने ओठ बाहिर अनि दुख्ने भित्र भयो
रंगहिन मुल्य बिहिन देख्छन दुनियाले
झरेका यी आँशु मेरो असल मित्र भयो

 

यसमा तपाइको मत