छन्द – हंसरुत
लक्षण:मन् गग् हंसरुत हुन्छ ।
गण: म न गु गु
गण संकेत: SSS III S S
अक्षर: ८ विश्राम: पाउको अन्त्यमा ।
फैलाऊ शमन वाणी ।
लैजाऊ भ्रमण वाटी ॥
तारा ती गण जाती ।
देखाऊ गगन फाटी ॥१॥
राशीका शमन सूर्यै ।
क्रोधी छन् अब त कालै ॥
हर्षैमा रसद जालै ।
देला ऊ रहर सालै ॥२॥
छुद्रै छन् रमण राहू ।
मार्दा हुन् गगन साहू ॥
देखाऊ सरल ज्ञानै ।
फैलाऊ सबल मानै ॥३॥
मेरो देश बदलिंदै ।
तिम्रो देन किन यस्तै ॥
बानी फेर अब तिम्रो ।
राम्रो हुन्छ सब हाम्रो ॥४॥
वाणी छन् गुरुव जाती ।
मानार्थी अब त भाँती ॥
पैल्याऊ सुगम शिक्षा ।
शिक्षार्थी प्रकट प्रज्ञा ॥५॥
तारा मण्डल छ घुम्दै ।
सारा जीवन छ फेर्दै ॥
धर्ती आकुल छ हेरी ।
अर्ती ब्याकुल छ टेडी ॥६॥



