दक्षिणी सिमाना मिच्दा पनि मैले था ‘ पाइन
उत्तरी सगर थिच्दा पनि मैले था ‘ पाइन
राजधानी भित्र मितज्यूले नाम सारी गरी
सर्कारी जमिन सिंच्दा पनि मैले था ‘ पाइन
नारीनै सर्वोच्च शक्ति पूज्य हुँदा मुलुकमा
निर्मला सुपुत्री किच्दा पनि मैले था ‘ पाइन
जीवन सुरक्षा दिन भनी स्वास्थ्य सेवा गर्दै
सत्तरी करोड घिच्दा पनि मैले था’ पाइन
हुक्काँअाँ गरेर सबै काम एक्लै गर्छु भनी
राहत चामल भिज्दा पनि मैले था ‘ पाइन
दक्षिणी सिमाना मिच्दा पनि मैले था ‘ पाइन
उत्तरी सगर थिच्दा पनि मैले था ‘ पाइन



