
आफुलाई दु:खपीर नपरी अरूको मर्का बुझ्दैनन् कहिल्यै
त्यस्ता निष्ठुरी बैगुनीको आँखा आँसुले रूझ्दैनन् कहिल्यै
ढुङ्गा जस्तै कठोर मनमस्तिष्क भएका मानवहरुले यहाँ
दीन दुखी दरिद्रको भावना र मर्कालाई पुज्दैनन् कहिल्यै ।।
मटन नभै नहुनेलाई मीठो हुन्नरे तरकारी लौका!
त्यसैले गरीबको पसिना चाटन खोज्छ रे मौका!!
गर्छन निकैबदमास गुमाउछन अस्तित्व,भुटेर बुद्बि!
कता पाइछ लुटपुट गर्न उतैतिर हान्छनरे चौका!!
जनताको सेवा गर्ने बहानामा लुट्ने छन् यहाँ
संङ्कटमा भ्रष्टाचार गरेर पनि छुट्ने छन् यहाँ
लुटने,छुट्नेको खेल भित्र थिचिएका छन कयौ
जनता मर्दा पनि लुट्नकै लागि जुट्ने छन् यहाँ ।।
अरूले तँपाईं भनुन नभनुन आफै मँपाई भन्छन् मान्छे ।
आफु संजन अनि, अरुलाई पट्मुर्खमा गन्छन् मान्छे।।
जस्तो आयो त्यस्तै जाने यो दुई दिनको चोलामा पनि
मर्दा सबथोक लैजाने झै गरेर सधै स्वार्थी बन्छन् मान्छे।।
आज भोलि कस्ले बुझ्ला खाली पेटको मर्का।
परिस्थितिले थिच्दा थिए,बिदेश जानेका लर्का।।
समृद्धि र शुसासनको बाटो लाग्छौ भन्दै नेता ।
कामकाज गर्ने केही होइन् भाषण गर्छन चर्का ।।



