सबैको आशा लाग्दो हुन सकियोस।
कसिएका इच्छा चाह फुन सकियोस।
नम्र वचन यथार्थ भाव बोली दिॅदा,
हृदयको शंका मैलो धुन सकियोस।
आफ्ना तर्क चाहनाले विजयी हुॅदा,
समीक्षामा खुशी हुॅदै रून सकियोस।
नपत्याउदा तरिकाले चलुन पाइला,
अनायासै कसैको मन छुन सकियोस।
निरन्तर चुलिरहोस् सम्बन्ध शिखर झैॅ,
स्वभिमानी सफलता पाउॅन सकियोस।



