पाँच मुक्तकहरु

- भवानी मैयाँ पन्त


सत्तामा बसेर कुर्सीको खेल नगर नेता

आफ्नो मनोमानी हरबखत नगर नेता

देश कठिन परिस्थितिमा गुज्रिरहेछ

सधैं लडाइँ झगडा मात्र नगर नेता।

 

ज्यादती बड्दै गयो तिम्रो अब रोक्नुपर्छ

नेपालीभूमि मिचेको सजाय अब भोग्नुपर्छ

एक चिम्टी माटो पनि गुम्न दिने छैनौं हामी

यसको लागि हातहतियार अब बोक्नुपर्छ।

 

थाँती राखी कुर्सीको खेल ,अब सबै जुट्नु जरुरीछ।।

छिमेकीले सिमाना मिच्दैछ,त्यसलाई रोक्न जरुरीछ

नत्रपछी आफ्नै सन्ततिले धिकार्नेछ्न तिमीहरुलाई

त्यसैले अब यो विवादको अन्त्य गर्न जरुरी छ

 

सूर्यलाई हत्केलाले छेक्न नखोज

सोझोदेखी नेपालीलाई हेप्न नखाेज

लिपुक,लिजपियाधुरा,कालापानी

जानीजानी सिमानामा टेक्न नखोज।

 

रातारात हटाइएको पिलर सार्नै पर्छ

भारतले हाम्रो भूमि फिर्ता गर्नै पर्छ

हैनभने स्वाभिमान  रक्षाको खातिर

सबै एकभै त्यसको शेखी झार्नै पर्छ।

यसमा तपाइको मत