सहभागीता नम्बर १३ सुशीला ढकाल अधिकारी ।


 

अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अभियान पाँचौ श्रृङखला । विषेष परिस्थितिमा पनि हामी निरन्तर सिर्जनात्मक बनेका छाै । समसामयिक र प्रेमील दुई गजल । सहभागीता नम्बर १३ सुशीला ढकाल अधिकारी ।

गजल १

यो पापी कोरोना किन आयो नेपालमा
सबै जनाको दिमाग खायो नेपालमा ।

अनौठो लाग्छ देख्दा अनि सुन्दा मलाई
यसले के मीठो खान पायो नेपालमा ।

ख्यालख्याल गर्दा गर्दै नजिक आएर
माया अनि पिरती त लायो नेपालमा ।

पूर्व मेची देखि पश्चिमी महाकाली नै
हेर्दा हेर्दै सबैतिर छायो नेपालमा ।

अरु विकसित राष्ट्रहरु छोडी छोडी
के खान पाउँछु भनी धायाे नेपालमा ।

गजल २

त्याे रात कस्ताे थियाे खै बुझ्न सकिन
अनायासै आइदियौ खुल्न सकिन।

सपनीमा नै अँगालेर निदाउँदा
सिरानी भिज्याे आँसुले पुछ्न सकिन।

ती धेरै तिम्रा सम्झनाका पलहरु
मनमा आइरहन्छ भुल्न सकिन।

तिम्राे यादले छट्पटाएकाे त्याे रात
तिमीसँग साथ लिई डुल्न सकिन।

तिम्राे माया काँडा बनी मुटुमा बिझ्दा
कुनै पल तिमीसङ्ग छुट्न सकिन।
सुशीला ढकाल अधिकारी
गाेरखा

यसमा तपाइको मत