काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बोर्ड अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएकोमा दयारामसहित भुवन केसी र राजेश थापाको नाम मन्त्रिपरिषदमा शिफारिस गरिएकाे थियो ।



