रश्मका दुई गजलहरु


 

#गजल १

आज यो मुटुले हृदय बिधारक गित गाउन थाल्यो ।

तिम्रो  मात्र  होइन, मेरो  मन पनि डराउन थाल्यो ।

मैले उहिलै  भनेको हुँ,  प्रेमको बिरोधी छ समाज,

भर्खरै  के  प्रेम गरेका थियौं संकट आउन थाल्यो ।

फेरि  हाम्रो भेट होला नहोला म यसै भन्न सक्दिन,

यो खराब  परिस्थितीले  बिगुल  बजाउन  थाल्यो ।

अति गर्नु अत्याचार नगर्नु थाहा भएर  पनि आज,

बदलामा प्रकृतिले आफ्नो स्वरुप देखाउन थाल्यो ।

बिरलै महामानव  जन्मिन्छन झुक्किएर संसारमा,

फुल्न फक्रन सकेन मान्छे , झुठले दबाउन थाल्यो ।

परमात्मा प्रेमकै रुप हो, हामी प्रेममा मात्र खुल्नेेे छौँँ,

कामको अर्थ नबुझी मान्छे बासनामै रमाउन थाल्यो ।

मुस्किलले सम्झाएको थिए जन्मे पछि सबै मर्नै पर्छ,

दुश्मनले  फेरि  डरलाग्दो  समाचार पठाउन थाल्यो ।

#गजल २

लेख्ने   हरुले   मात्र   जितको   ईतिहास  लेखेर  बसे ।

मनमा     चलिरहेको   आँधीहुरि    पनि    चेपेर   बसे ।

पश्चिम  किक्ला  काँकडा,  पुर्वमा   टिस्टा  पुगेर  पनि,

यादमा    पुरानो    नक्सालाइ   दिनरात   सम्झेर  बसे ।

जननी   जन्म  भूमिश्च   स्वर्गादपि   गरीयसी   भन्छन,

यो  हाम्रो   देश  लुटिएको  हो  वा  कसैले  बेचेर  बसे ।

हिन्सा  बलात्कार   सिमा  अतिक्रमण  बढिरहेको  छ,

किन    मेरा    सरकार    हरु    चुपचाप    हेरेर   बसे ।

छिमेकीहरु  म  माथी   यस्तो  कुठाराघात  गरिरहेछन,

जस्का निम्ति यिनै छातिले दुश्मनका गोलि छेकेर बसे ।

हेर्दा  हेर्दै   लिपुलेख   बनबासा  कालापानी  खोसियो,

आँखै अगाडि वीर गोर्खालीले यो सबै कसरी सहेर बसे ।

कहिँ   त   पक्कै   गल्ती  गरिरहेछ  प्राणिले  जगतमा ,

भोली   मृत्यु   आउँनेछ  भन्ने   कुरा  पनि  भुलेर  बसे ।

? रेशम राज बोकटी(रश्म)

कंचनपुर,नेपाल

हाल मलेशिया

यसमा तपाइको मत