झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर २ । गणेशबाबू अधिकारी “बाबू”


 

अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर २ । गणेशबाबू अधिकारी “बाबू” ।

कविता
हाँसेरै सुम्पिन्छु
झ्याउरे लोकलय

जिन्दगी यस्तै रहेछ सम्झ लाग्दैछ हलन्त
एउटा कथा सुन्दैछु जस्तै शिशिर वसन्त
फूल हूँ बाटो मुनिको म त कुल्चेर सकिन्छु
चढाउ जता मूर्ति या मुर्दा हाँसेरै सुम्पिन्छु!

दैवको खेला कस्को के लाग्छ फर्केन मुग्लानी
गुँडकी चरी पर्खन्छे अझै बचेरा सम्हाली
निस्पट्ट रात गनेर तारा आकाश नाप्दैछु
मागेर हेर मुटुको टुक्रा हाँसेरै सुम्पिन्छु!

विस्मात मान्यो तस्वीर आफ्नै मुहार देखेर
मानव स्वार्थ बेचियो देश नक्सा नै फेरेर
कात्रोमा छ कि लुकेको गोजी खोतली हेर्दैछु
मरेर लानु के नै पो छ र हाँसेरै सुम्पिन्छु!

ढुङ्गाले बोल्यो सुन्यौ कि नाइ अनौठो लागेन
लगाएँ पूजा रसाए आँखा जलाएँ आँगन
त्यागेर आएँ ममता प्यारी पराइ सम्झनु
चुँडेर लैजा जिन्दगी दैव हाँसेरै सुम्पिन्छु!

गर्जियो बादल बर्सियो पानी खहरे सुसायो
रोपेर गयो डरको बीज हुलिया लुकायो
दूर भो घर बन्द भो दैलो तड्पेर पर्खन्छु
धनको मुख लोभको भाँडो हाँसेरै सुम्पिन्छु

गणेश बाबु अधिकारी (बाबू)
गाेर्खा

यसमा तपाइको मत