झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर ४ । दुर्गा अधिकारी भमरकाेटे


 

अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर ४ । दुर्गा अधिकारी भमरकाेटे ।

असारे लोक दोहोरी गीत:

असारको महिना धान रोप्दा खेरि,गाउने गर्छन् असारी ।
थाहा छैन मोरी ? रोपार गाला जोरी,गाउने गर्छन् असारी ।

पेटमा आगो बल्छ मंसिरमा फल्छ,खाउली खुट्टा पसारी ।
ए है मेरी हिरा किन लिन्छ्यौ पिर,खाउली खुट्टा पसारी ।१

 

असारको पन्ध्र खाने दही च्युरा,साउन पन्ध्र खाने खिर ।
थाहा छैन ज्ञानी ठुली भएरनि,साउन पन्ध्र खाने खिर ।

जति गरे पनि दुख टर्ने हैन,किन लिन्छ्यौ मन्मा पिर ।
तिमी वर सर भन्छु कठैबर,किन लिन्छ्यौ मन्मा पिर ।२

 

परदेश बाट उडिउडि आको,असारे गीत गाउनलाई ।
हेर सानी हेर घोक्रो सुकाएर,असारे गीत गाउनलाई ।

यही असारमा साइत जुर्छ भन्थे,चोखो माया लाउनलाई ।
परेकोछु दंग सानो माया संग,चोखो माया लाउनलाई ।३

 

यो ज्यानको वजन आधा घटी सक्यो,एक्सरसाइज गरेर ।
चिन्ता लिन्छ्यौ किन कुद्छु रात दिन,एक्सरसाइज गरेर ।

जति गरे पनि घैला भरिदैन,लानु के छ मरेर ।
नबनन भेडा खाउ जेरी पेडा,लानु के छ मरेर ।४

 

तिम्रो र मेरो बिहे हुदा खेरि,बक्सायर ल्याउला व्यान ।
डोली चढि जाउली मेरो घर आउली,बक्सायर ल्याउला व्यान ।

बाँचुञ्जेल सम्म गरौं हाँस खेल,मरेपछि एउटै च्यान ।
हे माछाका भुरा धुर्वसत्य कुरा,मरेपछि एउटै च्यान ।५

दुर्गा अधिकारी भमरकोटे ।
काभ्रे, भमरकाेट

यसमा तपाइको मत