
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर ६ । ताेयानाथ सुवेदी ।
झ्याउरे गीत
अरुकाे लाख अामाकाे काख
सुखकाे खाेजी भराैंला गाेजी भनेर साेचियाे।
अामाकाे काख विर्सेर लाख विदेश राेजियाे।
#
मनमा चाेट विदेशी नाेट रुखमा पाईन्छ।
चढेर रुख टिपेर नाेट धाेक्रामा ल्याईन्छ।
#
यै थियाे अाशा याे देह पासा बनाई हानियाे।
पल्टेला पासा हुनेछ खासा भनेर ठानियाे/
#
अाएर काम सहेर घाम गर्दैथें पहिले।
काेराेना सुक्ष्म याे देह चुस्न अायाे नि अहिले।
#
काेराेना देखि नगर्नु सेखी भनेर लुकियाे।
न काम भयाे न माम भयाे सबै थाेक् तुहियाे।
#
साहूकाे ऋण भयाे त्याे घिन कसरी तिर्ने हाे।
मनकाे बेथा क्यै छैन जेथा त्यसैले पिर्ने भाे।
#
साेचेकाे कुरा भएन पूरा अामाकै काखमा ।
फर्केर जान्छु त्यै दूध खान्छु लाेभिन्न लाखमा।
#
फुटेकाे कर्म अाउँछु घर्मा हुँदैछ तयारी।
राम्ररी पाल ति लाला बाला समाल्दै पियारी।
#
भतुवा हुँदै बस्दिन रुँदै अाउँछु घरमा।
दुःखकाे भारी मनमा खारी बस्दिन डरमा।
#
क्यै छैन टुंगाे भएँ म बुङ्गाे स्वदेश फिराैंला।
दुःखले चेती गरेर खेती त्याे ऋण तिराैला।
#
खनाैला सुर्का कानमा लुर्का लाउली पियारी।
राेपाैंला अन्न खाउँला टन्न बाल बच्चा सियारी।
#
मनले चेती टनेला खेती गराैंला रमाई।
खटेर काम त्यै बेची दाम बसाैंला समाई।
#
विदेश धाएँ क्या सास्ती खाएँ राेजेर लाखमा।
फर्केर अाएँ कराेड पाएँ अामाकै काखमा।
ताेयानाथ सुवेदी
काँडाघारी, काठमाडौं



