झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १० । सीता बिष्ट कार्की ” सीबिका”


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १० । सीता बिष्ट कार्की ” सीबिका”

झ्याउरे गीत
सीता बिष्ट कार्कि( सीबिका)
ठेगाना ;टोखा ९ गोङ्गबु , काठमाण्डौ

नजाउ अब स्वदेश छाडी यो महामारीमा
बनाइ आफै औषधि पानी यी हाम्रा बारीमा
डाक्टर बने भगवान् यहाँ संसार भरिमा
शुरक्षाकर्मी बढाए यहाँ सेवाको गरीमा ।।

आँउदै छन् रे बाहिरबाट ज्यानको मायाले
व्यवस्था गरि राख्ने छौ यहीँ माया र प्रेमले
दुखको बेला नगरौं हेला यो भूमी हाम्रै हो
नगरौ अब चाकरी धेरै छिमेकी चाम्रै हो ।।

मनको कुरा मनैमा हुन्छ भनेर को सुन्छ ?
कोयली चरी गाएको सुन्दा किन मन रुन्छ
पिन्जडा सरि भएकी छु म नसोध खबर
हाँसेर बोलौ अहिले हामी जीवनको के भर । ।

मरीजाने नै चोला हो हाम्रो नबसौ रोएर
दैवको लीला यस्तै हो भनी आँशले धोएर
नेपाली हामी मिलि र जुलि आउ बसौ खुलेर
स्वर्गीयभूमी शुन्दर शान्ति गुराँस फुलेर ।।

यसमा तपाइको मत