
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १२ । सुचिता काफ्ले ।
गीतीकविता झ्याउरे कोरोना विषेश
बिहानै उठी एक मनले सोच्छु कोरोना डर छैन
खोलेर टिभी समाचार पढ्दा पटक्कै भर छैन।
अहिले सम्म बन्दथे पसल बिस्तारै __खोल्दैछन्
मास्क र पञ्जा नलाई मुखले दर भाउ बोल्दैछन्।
फलफूल वाले चिच्याउछन उता देखाउदै ताजा हो
छानेर लानुस तर्भुजा आँप पनि गर्मिको राजा हो
सुपथ मुल्यमा लैजानुस भनी गर्जिन्छ ठेलावाल
नल्याउँ त हजुर केखानु घरमा लाग्याछ अनिकाल
अस्पताल __ हाम्रो भरिदै गयो कोरना रोगीले
मजदुर अनि के खालान अब___ मागेर जोगीले
भोकमरी लाग्छ यो पारा देख्दा के गरी बाँच्दाहुन
सकेत गर्नलाई जोह र बिचार अवश्य खाँदाहुन ।।
माईतीले दिनहुँ फोन गरी सोध्छन केछनी खबर
आवाज सुन्दा थामीन्नन आशुँ —-झर्दछन बरबर
कोरना भाइरस कहिले जालास यो दुनिया छोडेर
भन्देन अब म, आउँदिन कहिल्लै, जा बाटो मोडेर
छुवा छुत गर्दा —-सर्लाकी भनेर डराउनु पर्याछ
चिन्ताको भारी बोकेर मनमा —‘निदाउनु पर्याछ
दुर्भाग्य हामीले बेहोर्नु पर्ने __ छन जहा जे जति
खुरूक्क आई सुटुक्क भन्दे छस कहाँ ए नियति
सुचिता काफ्ले ।।
सुकेधारा



