
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १४ । सुशीला ढकाल अधिकारी ।
झ्याउरे छन्द
कोरोना
विश्वको सबै, कुना र काप्चा ,कोरोना आको छ
त्यसैले गर्दा ,मानव लाई डर है भाको छ
विश्वमा हेर , तहल्का धेरै , मच्चाइ रहेको
डरमा डर , धेरै नै डर , छ यहाँ भएकाे ।
कोरोना आयो ,विश्वमा हेर ,सबैले सोच्नु छ
होसका साथ ,बाहिर हामी ,बुझेर हिँड्नु छ
कोरोना भन्ने ,जिवाणु आयो , विषालु बनेर
घरैमा बसी ,खेद्ने हो हामी ,सबैले मिलेर ।
बुझेर हामी ,मिलेर सबै , घरैमा बसौँ है
कोरोना लाई जित्नको लागि ,कम्मर कसौँ है
घरैमा बसी ,हाँस्दै र खेल्दै ,सहजै लड्ने हो
कोरोना लाई ,जितेर हामी ,अगाडि बढ्ने हाे ।
घरैमा बसी ,तातो र पानी ,अदुवा बेसार
खाएर बसौँ ,जीवन हाम्रो ,आखिरी के छ र ?
हातमा हात ,साथमा साथ ,गरेर लडौँ है
मिलेर सबै ,हाँसेर रम्दै ,अगाडि बढौँ है ।
साहित्य लेखी ,गाउँदै नाँच्दै ,बसौँ न घरैमा
घरैमा बस्दै ,हाँसी र खुशी ,नमानी डरैमा
कोरोना सित ,डराइ हामी ,भाग्नु नै पर्छ है
भागेनौँ भने ,जीवन हाम्रो ,सजिलै लान्छ है ।
सुशीला ढकाल अधिकारी
गाेर्खा



