
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १५ । चन्द्रा न्याैपाने ।
शीर्षक : नेपाली
नाम : चन्द्रा न्यौपाने
जन्म : तनहूँ
हाल : टोखा नगरपालिका – ८, जालपाचोक, काठमाडौं।
नेपाली वीर झुक्दैन शिर हो कहिल्यै पनि,
परिचित् हामी गोर्खालीहरू निडर छौं भनी।
नेपाल हाम्रो अति छ राम्रो हेरिरहूँ जस्तो,
नेपालप्रति नराखून् कोही नि विचार सस्तो॥१॥
कसैलाई पनि पच्दैन यहाँ नक्कलीपन,
एकमालासरी रहेका जहाँ नेपालीजन।
पुर्खाको धन यही हो भनी जानेर सब् जन,
अगाडि बढे सधैँ नै टुक्रिन्न यो मन ॥२॥
शान्ति-विगुल विश्वमा फुक्ने नेपाली गुरु हो,
नेपालीपन छैन भने यो होइन अरू हो।
टुक्रिए विचार टुक्रिन्छ मन, टुक्रिन्छ जन नि,
टुक्रिए जन टुक्रिनै हाल्छ नेपाली धन नि ॥३॥
शान्ति-विगुल विश्वमा फुक्ने नेपाली गुरु हो,
नेपालीपन छैन भने यो होइन अरू हो।
पुर्खाको धन यही हो भनी जानेर सब् जन,
अगाडि बढे सधैँ नै टुक्रिन्न यो मन ॥४॥
टुक्रिन्न विचार् टुक्रिन्न मन, टुक्रिन्न जन नि,
टुक्रिन्न कैल्यै मौलिकपन, नेपाली धन नि।
शान्तिको फल फल्दछ यहाँ नेपाली पारामा,
स्वर्गकै छटा झल्कन्छ यहाँ नेपाली सारामा ॥५॥



