
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १७ । लिलामाया ढकाल गाैतम ।
नजाउ परदेश
राधा – नजाउ कृष्ण , मलाई छाडी , बिरानो देशमा
कोदेला साथ बिरह हुदा शितल मनमा
कृष्ण – नभन राधा नजाउ भनी कमाइ ल्याउछु
कमाई धन सम्पत्ति ल्याइ रमाइ आउछु
राधा – पर्दैन प्यारा दौलत केही सगैनै बसौला
जेहुन्छ सगै मिलेर बसि रमाइ खाउला
कृष्ण – मधुरा हेर शहर राम्रो रमाइ बसन
नजानु भनी नभन प्यारी नगइ हुदैन
राधा – शहर राम्रो मथुरा होनि मायात दिदैन
कोभनी बसौ एक्लैनै मत जानुनी पर्दैन
कृष्ण – पिरती हाम्रो साचेर राख चाडैनै आउछु
बासुरी मेरो साथमा राख सगैनै हुनेछु
राधा – मोहन मेरा बासुरी राखी नकहिल्यै बोल्दछ
कसुर मेरो केथियोे प्यारा जिबन मर्दैछ
कृष्ण – जगत हेर सृष्टिको चक्र कसरी चल्दछ
समय फेरि फर्कन्छ प्यारी खुशीलि आउछ
राधा – बिरह मन भारीहै बोकि पर्खदै बस्नेछु
सम्झना तिम्रो मुटुमा राखी दिनगन्दै बस्नेछु
कृष्ण – मायाको चिनो हाम्रोयो नासो प्यारले हुर्काउ
मछिट्टै फर्की आउछु प्यारी यस्लाइ सजाउ
राधा – अमृत रुपि वचन तिम्रो साथमा राखौला
नफर्के सम्म सम्झना लिइ मपर्खी बसौला
कृष्ण – पापिले तेहा दु:खत धेरै दिन्छनी मलाई
बिरको छोरो लडेरै छाड्छु जित्नेछु तेस्लाइ
राधा – बिजय भइ फर्कनु पर्छ इज्जत लिएर
आउनु पर्छ हेमेरा प्यारा शत्रुलाइ जितेर
कृष्ण – सत्यको जित गर्नुछ मैले धर्मलाइ जोगाउन
पापिको नष्ट नगरि हुन्न सत्यलाई समाउन
राधा – सत्यको पक्ष लिएर हिडे अवश्य जितिन्छ
दु:ख र कष्ट जेहुन्छ बरु सहदै बसिन्छ
कृष्ण – धर्मको रक्षा गरेर अनि धनकमाइ ल्याउछु
रुपैया सगै इज्जत पनि लिएर आउछु
राधा – मायाको साथ सम्झना राखी मपर्खी बस्नेछु
बिदाइ सगै प्रार्थना गर्दै मकुरि बस्नेछु ।।
( लीला माया ढकाल गौतम – धापासी – ६ )



