झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १८ ।अाँचल कुमार शर्मा


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १८ ।अाँचल कुमार शर्मा ।

झ्याउरे कविता

राम्रै थ्यो दिन एक्कासी कालो बादल छाएथ्यो
आएर जान्छ ,झरी त हो नी भने झै लाएथ्यो/
गड्याङगुडुङ गर्जियो मेघ आकाश चम्कीयो
बनेर काल स्वर्ग झै घरमा,सरासर लम्कीयो//
(१)
शहर न गाऊँ हेर्दछ दाऊ बाटो नि मोड्दैन
न रुँदा हुन्छ न भन्दा सुन्छ ज्यान जाला छोड्दैन/
हेर्दैमा लाग्ने चट्यांग दैत्य,राक्षसी प्रवृत्ति
हिडेर जलमा र एकै पलमा ,पार्दिन्छ दुर्गती//
(२)
घरको दीयो भरोसा थियो कसरी निभायो
जंगली हात्ती आए झै पापी सर्वस्व बनायो/
दुष्टले गर्दा परान हर्दा एकछिन भासियो
पापिष्ठ खुनी पैताला मुनी जमिन भासियो//
(३)
आफूले सोचे जसरी कहाँ समय चल्छ र
सम्झदा पनि भक्कानो मुटु गर्दछ चर्चर/
दशा र काल रहेछ यौटै खबर गर्दैन
इन्द्रनै विन्ती गरून चाहे टारेर टर्दैन//
(४)
अाँचल कुमार शर्मा
काठमाडौं ।

यसमा तपाइको मत