झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २० । सुलाेचना शर्मा ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २० । सुलाेचना शर्मा ।

कविता : कोरोना सन्त्रास र बन्दाबन्दी
(झ्याउरे छन्द)
दुनियाँ बीच उम्रियो बीज कोरोना कहर,
गरेर राज मानव माझ फाल्दै छ जहर ।

विश्वका गाउँ बस्ती र ठाउँ फैलायो सन्त्रास ,
विषाणु यस्तो अदृश्य कस्तो कलिको राक्षस ।

नेपाली भेष सुन्दर देश के हुन्थ्यो अछुतो ,
असाध्यै होश गर्नु छ सोच नरहोस् पछुतो ।

गरेर ध्यान अार्जित ज्ञान विज्ञान खुम्चियो,
प्रकृति शक्ति जागृत होकि निर्बाध चम्कियो ।

पैसाका मुठा देखिए झुटा अौषधि मिलेन ,
यो अात्मबल अन्तर शक्ति सबैमा थिएन ।

जिउने इच्छा लिएर सच्चा उपाय खोजी य‍ो,
अन्तिम झोक्का सुमार्ग पक्का यो बन्दाबन्दी भो।

कर्तव्य हाम्रो सूचना राम्रो गर्नै छ पालना ,
अाकाशमुनि भोकै र तिर्खै भिन्नैछ छ चाहना ।

निमुखा, सोझा, निहत्था धेरै कहर भोग्दैछन्,
शक्तिमा जुट्ने युक्तिमा खट्ने गन्तव्य पुग्दैछन्।

उद्योग-धन्दा सबै छन् बन्द इलम विलायो ,
अाहार खोज्ने अाधार रोज्ने उपाय हराय‍ो ।

योजना हाम्रो राहत राम्रो कसरी बाँड्ने हो,
साच्चिकै भ‍ोको लिएर पोक‍‍ो कतिछाक टार्ने हो।

बखत अायो कहाली लाग्दो बाँच्ने हो कसरी,
कि रोगसाथ कि भोकबाट फस्नेभो जिन्दगी।

प्रतिरोध् गर्ने क्षमता बढ्ने उपाय भेटिय‍ोस् ,
हृदय शान्ति मुहार कान्ति मानव देखियोस्।

सुलोचना शर्मा
खाँदबारी ,सङ्खुवासभा

यसमा तपाइको मत