झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २२ । कमला देवकोटा


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २२ । कमला देवकोटा ।

नेपाल अामा तिम्राे अाँसु पुछ्छाैं

नेपाल अामा तिम्रो त्याे छाती चिरियाे चर्चरी
बलिन्द्र धारा झरेका अाँसुका ढिका धर्धरी
थाम्ने छाैं अामा ती अाँसु तिम्रा हामीले सुकाउँछाै
चिरियाे छाती जाेडेर मुटु मल्हम लगाउँछाै ।

तिम्रा ती सन्तान मरेका छैनन् गाेर्खाली वीर
वार्ताले राम्रो मुखले ल्याम्ला चाेइटेका झीर
नभएदेखि हामी छाै सुरा धारिला खुकुरी
ज्याजति भए उठ्ने छाै सारा पाषाण पाखुरी

हाम्रै थियो सुस्ता टनकपुर सबै ती पहिले
दार्जिलिङ हाम्रै थियो नि अामा सिक्किम पहिले
क्वाप्लाक्क खायाे वैरीले कठै दुर्विचार गरेर
अझै नि खान खाेज्दैछ अामा तीन ठाउँ छिरेर

त्याे कालापानी कालीकाे मिन्दर देख्नलाई बनायाे
मानसरोवर जाने त्याे सडक कसरी खनायाे
लिम्पियाधुरा, लिपुलेक पनि अाफ्नै बनायाे
पर्यटन छिर्ने पानीको मूल हेर्ने नाटक रचायाे

वर्षातकाे बेला डुबान गराई नेपाल रूवाउँछ
गृष्मकाे पानी सखापै पारी अाफ्नाेमा पुर्याउँछ
देशकाे भूभाग उतार चढाव सहनै पर्या छ
तिलकाे दाना नि जान दिन्नाै पिर पर्या छ

पहाड फाेरी देशलाई जाेडी अगाडि बढ्ने छाैं
कर्णधार हामी याे देशकाे सान जाेगाई राख्ने छाैं
फाटेकाे तिम्राे छातीलाई अामा पाटाले पुराैला
झरेमा अाँसु हामीले पिई सत्रुलाई भगाउँला ।

कमला देवकोटा
नारानथान, काठमाडौं ।

यसमा तपाइको मत