
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २५ । जानुका थापा रायमाझी ।
सुन्दर नेपाल , फर्क नेपाली
संसारकै राम्रो नेपाल हाम्रो हेर्दैमा सुन्दर
हे युवा वर्ग फर्क है भन्छ पहरा कन्दरा
हलाे र जुवा नारेर किसान बाझाे खेत जाेत्दैछ
डाँडा र काँडा त्याे सेताे हिमाल तिमीलाई खाेज्दैछ ।
गण्डकी पारी त्याे धाैलागिरी हिमाल हाँसेकाे
डाँफे र मुनाल मयूरका जाेडी ढल्केर नाचेकाे
खाेला र नाला झरना हेर कसरी झरेकाे
सुन्दर नेपाल छाडेर किन मुग्लान तरेकाे ।
मेची र काेशी सगरमाथा प्रकृति साथमा
पसीना बगाउ लगानी लगाउ नेपालकै माटाेमा
बाँडी र चुडी खाइसके देशलाई धमिरा ढुकेर
फर्कन युवा स्वदेशकाे माया छातीमा बाेकेर ।
धनकाे पाेकाे कमाउने धाेकाे पुग्दैन कहिल्यै
नेपाल अामा तिमीलाई सम्झी राेइरहिन्छन् जहिल्यै
उकाली चढ अाेराली झर ढाँकर बाेकेर
नबस युवा खाडीकाे दुख यातना भाेगेर ।
घाँसकाे भारी बिसाई बस्ने खाली भाे चाैतारी
वाेटमा पैसा फल्दैन कतै, नहिड भाैतारी
बल र बैँस खाडीमा गयाे सकियो तागत
विदेशकाे दुःख भाेगेर चेत्याै फर्क न अब त ।
ती बुढी अामा हेर्दैछिन बाटाे पिढीमा बसेर
सन्तानकाे माया हृदयभरि राखिछिन् साँचेर
अामाकै साथ बसेर गर कुटाे र काेदाली
सुन्दर नेपाल सम्झेर अब फर्क है नेपाली ।
जानुका थापा रायमाझी
काठमाडौं ।



