फर्केर आउ घर

- बाल कृष्ण घिमिरे ,बनेपा १,काभ्रे


मेट्दै कुसंस्कारका खातहरु ,उदाउँदै छिन मन्जरी

ढिकीी जाँतो सम्झी कुहुकुहु गरि गाउँदै होलिन किन्नरी

 

ब्यर्थ लाग्छ यौबनता तिमीबिना आउ स्पर्श गर

चुलिएला अझै मेरो सौन्दर्यता फर्केर आउ घर

 

जाग्दै जगाउँदै दीप जगतमा हुँदैछ प्रज्वलित

कस्ले थेग्ला र उर्लदो सागर यो साहित्यले सिर्जित

 

रुँदैछ्न बशन्ती यौबनहरु ,झार्दै आँसु बरबर

तिमी वीर हौ म हुन्छु बिरंगना फर्केर आउ घर

 

छोडेर जननी अनि प्रियतमा पिंडा छ्न कति कति

परदेशी मनहरुले मशाल बोकिसके भोग्नु पर्ला दुर्गती

 

फेर्नु छ देशका खाँवा टेकाहरु मक्की सकेको चर

बोकौँ चिराग नवनिर्माणको फर्केर आउ घर

यसमा तपाइको मत