काठमाडौँ, असार । मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुुधबार सूचना आह्वान गरिएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले मुलुकको विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न प्रक्रिय स्वरूप सूचना आह्वान गरिएको जानकारी दिनुभयो । दसवटामध्ये चार ठाउँमा उत्खनन (माइनिङ) गर्न र बाँकी ठाउँमा अन्वेषण (प्रोसपेक्टिङ)का लागि अनुमतिपत्र प्रदान गर्न सूचना आह्वान गरिएको उहाँले बताउनुभयो ।
अन्वेषणको अनुमति पत्रका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्र निवेदन दिन आह्वान गरिएको छ । उत्खननका लागि दसदेखि तीस वर्षसम्म र अन्वेषणका लागि दुई वर्ष प्रदान गरिने महानिर्देशक घिमिरेले जानकारी दिनुभयो । महानिर्देशक घिमिरेका अनुसार दुईवटा चुनढुङ्गा खानी र एक÷एकवटा नुन तथा ग्रेनाइट खानीको उत्खननका लागि अनुमति दिन सूचना आह्वान गरिएको हो ।
त्यसैगरी तामा खानी तीनवटा तथा एक÷एकवटा सुन, केओलिन र कोइला खानीका अन्वेषणका लागि अनुमति पत्र प्रदान गर्न सूचना आह्वान गरिएको हो । विभागका अनुसार रोल्पाको सुनछहारी गाउँपालिकास्थित किमासेपोझार वनमा ३० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सुनखानीको अन्वेषण गर्न सूचना आह्वान गरिएको छ । यो क्षेत्रमा करिब ८० हजार टन सुनको कच्चा पदार्थ रहेको अनुमान छ ।
त्यसैगरी धादिङ, मकवानपुर र उदयपुरमा रहेका तामाखानी र पाल्पामा रहेको कोइला खानीको अन्वेषण गर्न अनुमति पत्र प्रदान गर्न सूचना आह्वान गरिएको छ । त्यसैगरी सल्यानमा पाँच वर्गकिलोमिटरमा फैलिएको चुनढुङ्गाको उत्खनन, धादिङमा ५.३२ वर्गकिलोमिटरमा फैलिएको चुनढुङ्गा खानी, मुस्ताङमा दुई वर्गकिलोमिटर क्षेत्रमा फैलिएको नुन खानी उत्खनन गर्न अनुमति लिनका लागि सूचना आह्वान गरिएको विभागले जनाएको छ ।
अन्वेषण तथा उत्खननका लागि इच्छुक कम्पनीहरूले पेस गरेका प्राविधिक तथा आर्थिक प्रस्तावहरूमध्ये सबैभन्दा पहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने छ, प्राविधिक प्रस्तावको मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक प्रस्तावको मूल्याङ्कन गरिने छ, ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

