लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १। दामोदर ढकाल ” दीपक” ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १। दामोदर ढकाल ” दीपक” ।

लघुकथा : ताली र गाली ।

जिन्दगी भाेज हाे
जिन्दगी माेज हाे
यथार्थमा भन्दा
जिन्दगी खाेज हाे ।
दारूले मात्तिएकाे बेला समिरले याे सायरी सुनाउदा गड्गडाहट ताली पाएकाे थियाे । बान्स माेर भनेर बिहेकाे पाटीमा अाएकाहरू सिठ्ठी र ताली बजाइरहेका थिए । साेहि बेला समिरकी श्रीमती सपना स्टेजमा गई र समिरलाई एक चड्कन लगाई अनि माइक खाेसेर भन्न थाली:
जिन्दगी अड्चन हाे
जिन्दगी धड्कन हाे
साेच्ने यदि हाे भने,
जिन्दगी चड्कन हाे ।
सपनाले याे सायरी सुनाउँदा पनि सबैले ताली र सिठ्ठी फुके । चड्कन खाएर लाजले राताे भएकाे समिरले पनि ताली बजायाे ।
भर्खरै चड्कन दिएकाे गालामा चुम्बन दिएर , समिरकाे हात समाउँदै सपना स्टेजबाट अाेर्लिई । त्यहाँ ताली बज्ने क्रम चलिरहेकै थियाे ।
दर्शकहरू तर्फ देखाउँदै सपनाले भनी : देख्यौ त मान्छेहरू अगाडि हुँदा जे गरे पनि ताली बजाउँछन् । र पछाडि पर्ने बित्तिकै गाली बजाउँछन् ।

दामोदर ढकाल “दीपक”
भाेजपुर

यसमा तपाइको मत