श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर २ । पुष्कर अथक रेग्मी ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर २ । पुष्कर अथक रेग्मी ।

लघुकथा : लालपुर्जा

शताब्दीयौं बाँचिरहेकी बूढी अामाको नाममा लालपुर्जा थियो । ब्याहिते पट्टिका सन्तानहरूको बंशनाश भएको थियो।ल्याइते,रखौटी,लखौटी,हरामी,नोकर,धर्मपुत्र पट्टिका सन्तान हरूले अामाको नाममा भएको जग्गा लुछाचुँडी गरे।मनोमानी ढंगले बाँडे।कति बेचे।कति बैना गरे।कति चिराचिरा पारेर कुरूप बनाए। अाफूले केही जोडेनन्। बाबुको सम्पतिमा मोज मस्ति गरे ।उडाए,खाए,सिध्याए। अामा निरोगी छिन् र उनको रगत तल्ला घरेका सन्तानलाई मिल्छ भनेर रगत समेत बेचे।
अामा क्षतबिक्षत भईन् । उनको शोध खोज र सोेच हरायो ।
यस्तो देखि ती सन्तानहरू एकैठाउँमा भेला भए । अामाको जग्गा कतै नगएको, रगत नबेचेको,अाफूहरूले केही गलत नगरेको भनी सहिछाप गरि खुशीयाली मनाए ।दिपावली गरी अामालाई थुम्थुमाए,फकाए ।
बेइमानी सन्तानहरूबाट पटक पटक धोका खाएकी बूढी अामालाई चित्त नबुझेर उनी एक जना अति दुःखी जनपुत्रलाई साथमा लिएर जग्गा नाप्न गईन् ।नापी गरि हेर्दा त नक्शा मात्रै अाफ्नो लालपुर्जामा रहेको तर उत्खनन्,बसोबास र भोगचलन छिमेकीलेनै गरिरहेको देखेपछि उनी नालायक सन्तानहरूलाई सम्झेर भक्कानिएर रोइरहिन् ।

पुष्कर अथक रेग्मी (पाल्पा )

यसमा तपाइको मत