
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ४। अनुराधा शर्मा ।
लघुकथा
अावश्यकता
” अझै अाैसधी ल्याएकाे छैन बिरामीलाई दिने बेला भइसक्याे।” नर्सले अाएर भनेर गइन।
उ केही बाेल्न सकेन ।खल्तीबाट पर्स झिकेरहेर्याे खाली थियाे।असम्जसमा थियाे उ के गर्नु के नगर्नु ।
उस्ले हातमा डाक्टरले दिएकाे कागज घरि घरि हेरिरह्याे ।कहिले कागज त कहिले अस्पतालकाे बेडमा सुतेकि अाफ्नी पत्नी शान्तिलाई।राेग पत्ता नलागेर परिक्षण भन्दा भन्दा भएका सम्पत्ती पनि सकिन लाग्याे । अब राेगकाे उपचार हुने बेलामा पैसा सकियाे ।
उ एक्लैकाे कमाइ ,शहरमा परिवार सहित रहन गाराे नै हुन्छ।साना बच्चाहरुकाे स्कुल ,घर खर्च त्यसमा फेरि पत्नी बिरामी। काममा जान नपाउनु काे ब्यथा अलग्गै छ।कसरी उपचार गर्नु ।
तेसाे त अाफन्त ,साथी भाइहरु भेट्न नअाएका हाेइनन्। झाेला भरि भरि फलफुल सुपका प्याकेट अनि हर्लिक्सका शिशिहरु बाेकेर ।जुन न शान्तिले खान हुन्छ न उस्लाई जरुरत छ।
दराज खाेलेर हेर्छ फलफुल पसल राख्न पुग्ने फलफुल छ।एक मन ले साेच्याे उस्ले याे सबै फलफुल बेच्न पाए त अाैसधी किन्न पैसा हुन्थ्याे ।सबै फलफुल झाेलामा हाल्न थाल्याे।
“शंकर”
उ झसंग भयाे ।फर्केर हेर्याे अफिसकाे हाकिम रहेछन।लज्जा बाेध भयाे उस्लाई।हाकिमलाई हेर्याे हातमा एउटा खाम थियाे ।
” शंकर याे लिनुस” उस्काे हातमा खाम राखि दियाे “तपाईकाे श्रीमतीलाई जुन कुरा अाबश्यक छ त्यहि ल्याएर दिनुस ”
एक पल्ट फेरि उस्ले त्याे कुहिन लागेकाे फलफुल हेर्याे अनि खाम खाेलेर ।अनुहार उज्यालाे भयाे , उस्काे पत्नीको जीवन थियाे त्याे बन्द खाममा।
उ जुरुक्क उठेर डाक्टरकाे पर्ची उठाएर बाहिर निस्क्याे ।
**** समाप्त ***
अनुराधा शर्मा
काठमाडौं



