
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ६ । सुशीला पाैडेल ।
लघुकथा
निराश सुमित्रा
मोहन र सुमित्रा दुई प्रेमी प्रेमिका थिए विगत चार वर्ष देखि यिनीहरूको सात चलि रहेको थियो।मोहन विदेशमा थियो सुमित्रा भने नेपालमा थिइन् अन लाइनमा यिनीहरूको दैनिक कुरा हुने गर्दथ्यो।प्रेम सम्बध राम्रो चली रहेको थियो।सुमित्रा अविवाहित थिइन,मोहन विवाहित रहेछ।उसले सुमित्रा लाई अविवाहित भनि झुट बोलेको रहेछ।जब सुमित्राले मोहनको वास्तविक कुरा थाहा पाइन्, उनी छागा बाट खसे जस्ती भइन,अहिले पनि मोहनले सुमित्रा लाई माया गरेको देखिन्छ।मोहन तिमीलाई छोड्न सक्दिन भन्छ,तिमी आजसम्म किन मसँग झुट बोल्यौ भनि सुमित्रा सोध्दा तिमीलाई पाउनको लागि भन्छ,मोहनको घर परिवार सब भएको थाहा पाए पछि सुमित्रा उसँग बिहे गर्न चाहदिन एउटा नारीको सत्रु अर्को नारी कसरी हुने भन्ने हुन्छ उनलाई, मोहनले सुमित्रा लाई सम्झाउँदै भन्छ म तिमीलाई जहाँ भन्यो त्यही राख्छु,दुवै जनालाई मिलाएर राख्छु, सुमित्रा यो कुरा मान्दिनन् ,मोहन उल्टै सुमित्रा लाई तिमीले मलाई धोका दिन भन्दै गाली गर्छ,सुमित्रा भन्छिन् तिमी मलाई किन झुट बोलेर फसायौ।भएको परिवार कति सजिलै छैन भन्यौ अहिले भन्न सक्छौं?मेरो छोरा छोरी छैन बुढी छैन भनेर,घरमा बुढी छोरा छोरी हुँदा हुँदै बाहिर नजर लगाउनेलाई कहिल्यै राम्रो हुँदैन।आखिर प्रेम गर्नु पाप हो भन्छ मोहन,सुमित्रा भन्छिन् प्रेम गर्ने तरिका फरक हुन्छ।मसँग जसरी झुट बोल्यौ त्यसै गरी अरु सँग नबोल्नु प्रेमको नाममा नाटक गर्न सजिलो छ तर वास्तविक प्रेम गर्नेलाई साह्रै गाह्रो हुँदो रहेछ भन्छिन् सुमित्रा यही कारण सुमित्रा अहिले डिप्रेसनमा पुगेकी छिन!
सुशीला पाैडेल
ललितपुर



