
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ७। सुशीला ढकाल अधिकारी।
लघुकथा
घरबेटीलाई राहत
हरिले वर्षौ बर्ष खाडीमा गएर कमाएकाे पैसाले काठमाडौंमा सानो टुक्रा तीन आनाको जग्गा किनेर दुई कोठाको घर बनाएकाे थियो । उसको घरमा श्रीमती र एक सानी दुई वर्षकी छोरी पनि थिइन । छोरी सानी भएकीले हरिकी श्रीमती छोरीको हेरचाह गरेर घरै बस्ने गर्थिन भने हरि चाहिँ कुनै एउटा पसलमा काम गर्थियो ।
उनीहरुको सानो परिवार हाँसिखुशी नै थिए ।जब कोरोनाको आतङ्क विश्वभरि फैलियो ।नेपाल पनि अछुताे रहन सकेन र कोरोनाबाट ग्रसित हुन पुग्यो ।जब कोरोना नेपालमा पनि फैलियो तब लकडाउन सुरु भयो । लकडाउन भएपछि हरि आफ्नो काममा जान पाएन । हरि धेरै दुखित हुँदै घरैमा बस्न थाल्छ ।
अलि अलि जम्मा गरेर राखेको पैसाले एक महिना त घर चल्न गाह्रो भयो हरिलाई । ऊ आत्तिन थाल्यो ।सानी छोरी र श्रीमतीलाई कसरी पेट भर्नेहोला भन्ने चिन्ताले पिरोल्न थाल्यो । यता उता आफन्तहरुलाई फोन गरी अलिअलि पैसा माग्न थाल्यो तर यस्तो लकडाउनको बेला कस्ले पैसा दिनु हरिलाई ! कसैले पैसा नदिए पछि हरि नगरपालिकाले बाँडेकाे राहत पाइन्छ कि भनेर नगरपालिका तर्फ लाग्यो र सरासर नगरपालिकाको प्रमुखको काेठामा गयाे ।
नमस्कार सर !
नमस्कार ! कति कामले आउनुभयो ?
म त खानेकुरा केही नभएर आएकाे । हरिले भन्यो, अनि कहाँ बस्छौ ? के काम गर्छौ ? घरबेटीको नाम के हो ? नगरपालिका प्रमुखले भन्नुभयो । हरिले मेरो आफ्नै घर हो ।म आफैँ घरबेटी हुँ सर भन्यो । नगर प्रमुख दङ्ग पर्दै भन्नुभयो ।घरबेटीलाई राहत ? यो हुनै सक्दैन् ।हरि केही बोल्न नसकेर मुसुक्क हाँस्दै मन अमिलाे बनाउँदै केही भन्न नसकी आफ्नो घर तिर फर्कियो ।
सुशीला ढकाल अधिकारी
गाेर्खा



