
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ११ । सीता बिष्ट कार्की ” सीबिका” ।
लघुकथा
जूनको उज्यालो किरण
घरमा श्रीमानले साक्षरता अभियानकोलागि प्लेकार्ड बनाइरहेका थिए , गाउँ गाउँमा साक्षरता बढाउने कार्ययोजना , नीति ,रणनीति तयार गर्दै थिए ।एक्कासि श्रीमतीले श्रीमानसंग “भित्तामा ठडाएको प्लेकार्डलाई देखाएर भनिन्” , ए चन्द्रेको बा यो केहो ?”” म जस्तै सेतै फुलेकी बुढिलाई पनि हात समातेर सिसाकलमले लेख्न सिकाएको छ है त ,अनि यो प्लेकार्डमा अरु के के लेखेको छ पढेर सुनाउनुस त ।
कति चासो चाहिएको ? श्रीमतीलाई हकार्दै भन्यो , खुरुक्क भान्सामा गएर मिठो खाना नबनाएर —–!
“के जिस्काउन सोधेको हो र” ?प्लेकार्डमा झ्वाप्प आँखा परेपछि त्यो तस्विरले उस्को ध्यान तान्यो त्यसैले के लेखेको रहेछ भनेर सोधेको ,पढ्न जानेको भए त किन सोध्थे र ?
यति भनेपछि नसुने जस्तो गर्यो ,चन्द्रेको बा मोबाइलबाट आवाज ठूलो गराई लोकगीत सुनिरहन्छ ।
श्रीमतीले फेरि चिया पकाएर दिएपछि नरम हुदै भनीन , “के साँच्चै म जस्तो अधवैसे बुढिले पनि पढ्छन् र “?पढ्न पाए त मैले पनि पढ्थे नि मलाई पढ्न मन छ ,उस्ले नसुनेजस्तो गरेर कुरो मोड्दै भन्यो अरु दुध छ कि छैन ?यहाँ साथीहरू आउदैछन् ।
उत्तर दिने छाँट नदेखेपछि उस्ले पनि नसुनेजस्तो गरि भान्सामा गएर भात पकाउन थाली ।
नमस्कार मेडम भन्दै बुढाका साथिहरु आए ,साक्षरता अभियानमा आज मेडमलाई पनि लैजाने है सर ।उनी त जाँदिनन होला बुढाले भने।
म नपढेको मान्छे मलाई त साक्षरता अभियान भन्ने नै थाहा छैन नत्र जाने थिए भनेपछि उनिहरुले असजिलो मान्दै भने , सरले त मेरो मेडम बिए पास गरेकी छन भन्नु हुन्थ्यो त ।यत्रो साक्षरता अभियन्ताको घरमा निरक्षर कसरी हुन सक्छ ।नसुहाउने कुरा , लाजमर्दो कुरा भएन र ?हरेक अभियानकर्ताले आफ्नै घरबाट अभियान शुरु गर्नुपर्छ अनि पो “अभियानहरु सफल हुन्छ्न र हामीले सोचेको समाज बन्छ “।
ल आजैबाट सरको मेडमलाई प्लेकार्डको तस्विर जस्तै अक्षर चिनाउने अभियान गर्नुपर्छ भन्दै अर्को पनि उनै मेडमको तस्विर राखेर अक्षर लेख्न थालेको प्लेकार्ड बनाउन थाले ,एकजना उन्को श्रीमानको साथिले भन्यो । सर केहो यस्तो ? ऊ लाजले भुतुक्क भएर भन्यो गल्ती मेरै हो ।
सीता बिष्ट कार्की( सीबिका)
टोखा ९ गोङ्गबु काठ्माण्डौ



