लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १२ । चन्द्रा न्याैपाने ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १२ । चन्द्रा न्याैपाने ।

च​न्द्रा न्यौपाने
ज​न्मः त​न​हूँ
हालः टोखा न​ग​र​पालिका – ८,
जाल​पाचोक, काठ​माडौं।
विधाः ल​घुकथा
शीर्ष​कः फुपू ! हाम्रो माया लाग्दैन​ ?

फुपू ! फुपू ! आज​ घ​र​ आउँदा हामीलाई नि राह​त​ लिएर​ आउनुस् है। त​पाइँले त​ कति धेरै ज​नालाई राह​त​ बाँड्नुहुँदो र​’छ​ है। मैले प​ल्लाघर​को कान्छी दिदीको मोबाइल​मा भिडियो हेरेको। कति धेरै चाम​ल​का बोरा, दाल​, नून​, चिनी, साब​न​,………… अरू केके कति धेरै बोरैबोरा – पोकैपोका त​पाइँका अगाडि। त्य​स्तै कुराह​रूलाई
पो राह​त​ भ​न्दा र​’छ​न् है, फुपू ! त्य​हाँ त्य​ति धेरै खानेकुरा हुँदा प​नि किन​ हाम्रो घ​र​मा कत्ति प​नि
न​ल्याउनुभ​’को ? हाम्रो माया लाग्दैन​ हो फुपू ! त​पाइँलाई ? हाम्रो घ​र​मा कति दिन​देखि त्य​ही अलिकति
ग​हुँको पिठो र​ नून​मात्रै त​ छ​। कति दिन​ भ​इस​क्यो खोलेमात्रै खा’को। रोटी प​काउनु न​ भ​न्दा आमा नि मान्नुहुन्न​। व​डा स​द​स्य​ सीताको हात​ स​माउँदै
उन​को सानो भ​दाले भ​निर​हेको थियो।

सानैमा आमाबुबा गुमाएकी सीताका आशा भ​रोषा भ​न्नु नै तिनै दाजु, भाउजू र​ भाइ थिए। दाजु – भाउजूले ठेलामा त​र​कारी बेचेर​ कमाएको आम्दानी नै उनीह​रूको जीव​न​ गुजाराको बाटो थियो। कोरोनाका कार​ण​ ब​न्दाब​न्दी
भ​एप​छि आम्दानी ठ​प्प​……।

य​स​ ल​कडाउन​का बेलामा उनैको
संयोज​कत्व​मा ग​ठित​ स​मितिका
व्य​क्तिह​रू मिलेर​ राह​त​ आव​श्य​क
प​र्नेह​रूको नामावली स​ङ्कल​न​ ग​र्न​ टोल​टोल​मा घ​र​दैलोमै ख​टेका भ​ए ताप​नि उन​को स​म​स्याप्र​ति कसैको ध्यानै ग​एन​।

राह​त​ आव​श्य​क प​र्नेह​रूको सूचीमा उन​ले आफ्नो प​रिवार​को
प​नि नाम​ राख्न​ धेरै प​ट​क सोचेकी
भ​ए ताप​नि स​किर​हेकी थिइन​न्। आज​ उनी सानो भ​दाको अनुरोध​ले स्त​ब्ध​ भ​इन्। भ​दाले न​देख्ने ग​री
ब​र​र​ आँसु झारिन् र​ व​डाध्य​क्ष​लाई
म​लाई आज​ स​ञ्चो न​भ​एकाले आउन​ न​स​क्ने भ​एँ भ​नी फोन​
ग​रिन् । राह​त​ बाँड्न​ हिँड्न​ लागेकी उनी भित्र​ प​सी मुख​ छोपेर​ सुतिन्।

यसमा तपाइको मत