लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १३। द्वारिका कुइकेल ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १३। द्वारिका कुइकेल ।

लघुकथा

अबाेध जिज्ञासा

एकदिन अचानक हामी बूढ़ा बूढ़ी काे झगड़ा पर्याे । निहूं ख़ासै ठूलाे पनी थिएन ।तर के गर्नू झाेक चलेपछि सानाे ठूलाे मतलब नहूने रहेछ । मेराे श्रीमान ले फ़िल्म देखाउन लान्छू तिमीहरू ठिक्क परेर बस्नू है भन्दै छाेरा छाेरी र मलाइ कूराएकाे चाैथाे पटक काे घटना हाे याे ।चाैथाे पटक मा चाहिं म मा झाँक्री नै चढ्याे र बहूलाएँ ।वहाँ लाइ गाली गरें राेएं चिच्याएं । वहाँ ले पनी आफ्नाे मंज़बूरी बताउनू भयाे तर म सुन्ने पक्षमा थिइन । आख़िर झूक्याउनू काे पनी सीमा त हून्छ नी ।मेराे पनी इच्छा आकांक्षा हरू छन् नी ।बालबच्चाकाे पनी ख़्याल राख्नू पर्ने हाे नी !ति अबाेध बच्चाहरू लाइ कती चाेटी फकाउनू ?।कती चाेटी लगाइ सकेका नाना फूकाली दिनू ?हैरान भएपछि झगड़ा गर्न बाध्य भएकी हूँ । नत्र मलाइ के काे रहर थियाे र ?हाम्राे झगड़ा देखेर बच्चा हरू पनी दंग परे अनी डराए ।त्यसपछि हाम्राे बाेलचाल बन्द भयाे ।बूढ़ा फकाउन खेज्नू हून्थ्याे । म बट्टारिन्थें ।घरायसी काम धन्दा राेकिएकाे थिएन ।आवश्यक सामान हरू ल्याइदिनू हून्थ्याे म पकाइ दिन्थें ।नबाेली पस्की दिन्थें ।झूक्किएर बाेलीइन्छ की भन्ने डरले प्राय अली टाढा बस्थें ।यसैगरी चार पाँच दिन बित्याे ।खर खाँचाे का सामान र आवश्यक कूरा हरू का सन्देश बाहक बच्चाहरू थिए ।हाम्रा सन्देश हरू पालैसंग छाेरा छाेरी ले ओसार पसार गर्थे ।उनीहरू पनी दंग थिए ।बूवा मम्मी काे राजदूत हून पाएकाेमा ।नबाेले पनी दिन चर्या एवं रितले चलिरहेकाे थियाे ।मेराे रिस अझै मरेकाे थिएन ।अझै दूइचार दिन नबाेली बस्ने मेराे मनसाय थियाे ।तर वहाँ बाेल्ने दाउ मा हूनूहून्थ्याे ।
-कति सार्हाे रिसाएकी बाेलन भन्दै नजिक आउनू भयाे म भागें र अर्काे काेठामा गएर बसें ।छाेरा छाेरी स्कूल जाने बेला भएकाे थियाे । छाेरा अपरकेजी र छाेरी नर्सरी मा भर्ना भएका थिए ।म तिनीहरू लाइ स्कूल लाने तयारी मा लागे ।तिनी हरू लाइ खाना पस्केर खान बसाएँ ।वहाँ मार्निंग वाक् मा जानू भएकाे थियाे ।आउने बेला भएकाे थियाे ।स्कूल ड्रेस लगाएर बच्चाहरू लाइ खाना ख्वाउन थालें ।उनिहरू आफैं खाने ज़िद गर्न थालेपछि म सिलींग को हूकमा डोरी बाँध्न थालें । मेरो हर कृयाकलाप उनिहरू हेरीरहेका थिए। मैले आफ्नो काम सकेपछि उनिहरू लाइ नै सूम सूम गर्न थालें ।यत्तिकै मा छोरा ले सोध्यो :-त्यो के बांधेको मम्मी !?
-डोरी बाँधेंको बाबू !
-किन बाँधेको मम्मी ?
-झूण्डिएर मर्न क्या !!मैले जवाब दिएँ ।मनमनै बूढो संग रिस उठिरह्काे थियो ।झूक्याउनू को पनी सीमा हून्छ नी !आज नतर्साइ कहाँ छोड्छू र !?!मैले सोचें ।
हाम्रो कूरा सूनिरहेकी छोरी ले प्वाक्क भनी
-मम्मी छिट्टो मर्सियों न त । म पनी हेर्छू ।
-अहिले पख !तिम्रो बूवा आएपछि मर्छू नी !म छोरी को कूरा सूनेर खित्का छोडेर हाँसें। म हाँसेको देखेर दूबै दंग परे ।
-म मरे पछि तिमीहरू लाई माम खान कस्ले दिन्छ नी !?नाना कस्ले लगाइ दिन्छ नी ?!? म उनिहरू को अबोध जिज्ञासा मा आफ्ना पिडा बिर्सन पूग्छू ।
-त्यसो भए मलाइ माम पकाउन नाना लगाउन सिकाइ दिस्यो अनी मरिस्यो ।
दूबै जनाले एउटै स्वरमा भने ।म हाँसे उनिहरूको बाल स्वभाव मा आफै पुलकित हून पूगेछू ।आज बूढा लाइ तर्साउन त पर्छ नै ।तर बच्चा हरू मनाउन पो गार्हो पर्ने भो -सोच्दै थिएँ- मम्मी अहिले झूण्डीस्यो न क्या !हामी स्कूल गएपछि झूण्डीस्यो भने हामीले देख्न पाउँदैनौं !!छोरा ले भन्यो ।छोरीले पनी सहि थापी । उनिहरू जिद्दी गर्न थालेपछि -तेरो बाउ आउन दे न ।भन्दा भन्दै झ्याल बाट ने बाटो मा आइरहेको देखें ।अब यहि हो झूण्डिने सुवर्ण अवसर भनेर तयार गरी राखेको पासो टूल माथी चढेर घाँटी मा ख्वप्प छिराएँ ।बच्चा हरू अझै खाँदै थिए ।म छिटो झूण्डिदो भाको ।टेके को टूल लडिहाल्यो ।म डोरी मा तर्लांग तूर्लूंग परे । डोरीले घाँटी कसिन थाल्यो ।बच्चाहरू रमाएर म झूण्डिएको हेर्न थाले ।मरिने भइयो आफैले काल बेसाएको भनेर आफैलाइ धिक्करें मनमनै ।बच्चाहरू ले मेरो कूरा बूझून् ।मलाइ अहिले मर्न पटक्क मन छैन ।कमसेकम आफूले बचाउन नसके पनी बाबू चाहि लाइ बोलाइ दिए हून्थ्यो नी भन्ठानें ।तर उनिहरू लाइ यी सब कूरा हरू के थाहा ?!?आँखा मात्र म संग जूघाएका भएपनी केहि इशारा गर्थें नीजस्तो लागी रह्यो ।बच्ने कोसीस गर्दा झन् पेण्डूलम जस्तो भएँ ।घरी यता घरी उता टेक्न खोज्दा खोज्दा थारिसकेरी थिएँ ।बूढ़ो घरको आँगन नेरी एक जना संग भेट बार्ता तिर लाग्नू भएको थियो ।म झ्याल बाट देखिरहेकै थिएँ ।बच्चा हरू सरकस हेरे झैं मेरो आत्महत्या हेरी रमाइ रहेका थिए ।बूढो बाहिर कान्तिपूर एफ् एम ९६.१ जसरी बजीरहेको थियो ।आफू मृत प्राय :भैसकेकी थिएँ ।आँखा बाहिर निस्कन तमतयार थिए ।घाटी कसिएर सूकी सकेको थियो सरिर मा कँडा उम्रन थालिसकेका थिए ।बच्ने कोसीस बेकार भइसकेको थियो ।मृत्यू को अन्तिम क्षण मा सोचें -हे भगवन्!मेरो पति लाइ भित्र पठाएर मलाइ बचाउ !मेरा बच्चा हरू साना छन्। म बिना उनिहरू को के होला हे प्रभु !!भनेर अन्तिम प्रार्थना गरें ।दैव लाइ दया जागेर नै हेाला शायद ,मेरो गफास्ट बूढा भित्र आउनू भयो र मलाइ झ्याप्प समाएर घाँटी को डोरी फूकाउनू भयाे म लत्रक्क परेर त्यहिं लडें.बच्चाहरू डोरी फूकाएर मम्मी लाइ मर्न दिएन बाउ ले भनेर रून थाले ।बाउ चाहिं झण्डै साँचो हून लागेको घटना संझेर डराउंदै हाँस्न थाले ।
-तिमी लाइ मर्न मन लागेकै भए म संग भनेको भए हून्थ्यो नी ! म नयाँ नाइलन को डोरी किनेर ल्याइ दिन्थे ।त्य्स्तो कमज़ोर डोरी मा पनी झूण्डिने हो त ,तिम्रो वज़न धान्न नसकेर छिनेको भए तिम्रो टाउको भूईँमा ठोक्कीएर आलू जत्रो टूटिलेा उठथ्येा अनी यीनीहरूले मलाइ फेरी टूटिलो फूटाइ दे भनेर हैरान गर्थे ।मलाइ कति दू:ख हून्थ्यो ।म संग बाेल्न यति ठूलाे भूमिका किन गर्नू पर्थ्येा ।म हाँस्न पनी सकिन ,बाेल्न पनी सकिन ।सेरिएकाे घाँटी सूकेर काँडा उम्र

उम्रन थालिसकेका थिए ।बच्ने कोसीस बेकार भइसकेको थियो ।मृत्यू को अन्तिम क्षण मा सोचें -हे भगवन्!मेरो पति लाइ भित्र पठाएर मलाइ बचाउ !मेरा बच्चा हरू साना छन्। म बिना उनिहरू को के होला हे प्रभु !!भनेर अन्तिम प्रार्थना गरें ।दैव लाइ दया जागेर नै हेाला शायद ,मेरो गफास्ट बूढा भित्र आउनू भयो र मलाइ झ्याप्प समाएर घाँटी को डोरी फूकाउनू भयाे म लत्रक्क परेर त्यहिं लडें.बच्चाहरू डोरी फूकाएर मम्मी लाइ मर्न दिएन बाउ ले भनेर रून थाले ।बाउ चाहिं झण्डै साँचो हून लागेको घटना संझेर डराउंदै हाँस्न थाले ।
-तिमी लाइ मर्न मन लागेकै भए म संग भनेको भए हून्थ्यो नी ! म नयाँ नाइलन को डोरी किनेर ल्याइ दिन्थे ।त्य्स्तो कमज़ोर डोरी मा पनी झूण्डिने हो त ,तिम्रो वज़न धान्न नसकेर छिनेको भए तिम्रो टाउको भूईँमा ठोक्कीएर आलू जत्रो टूटिलेा उठथ्येा अनी यीनीहरूले मलाइ फेरी टूटिलो फूटाइ दे भनेर हैरान गर्थे ।मलाइ कति दू:ख हून्थ्यो ।म संग बाेल्न यति ठूलाे भूमिका किन गर्नू पर्थ्येा ।म हाँस्न पनी सकिन ,बाेल्न पनी सकिन ।सेरिएकाे घाँटी सूकेर काँडा उम्रिएको थियाे ।आँखा दूखेर फूक्लेला जस्ताे भएकाे थियाे।जिब्राे लरबराउँदै दूबै हात ले कान समाएर “सरी भने ।बूढाे मूसूक्क हाँस्नू भयो र अँगालाे हाल्नू भयाे ।अब कहिल्यै यस्ताे काम नगर्ने प्रण गराउनू भयाे ।म मरेर बाँचेकाे मा दँग परेर रमाइ रहें ।बच्चा हरूलाई वहाँ ले नै स्कूल पूर्याउनू भयाे ।हामी नभएकाे बेला मा नमरिस्याे है मम्मी !?!?उनिहरू काे अबाेध जिज्ञासा मा म पनी तरंगित भइरहें ।इति शूभम् !!

द्वारिका कुइकेल
गणेशस्थान, काठमाडौं

यसमा तपाइको मत