लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १४ । तिला लेकाली ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १४ । तिला लेकाली ।

लघु कथा

सजायको सङ्गीत

आज पनि अनिलले गृहकार्य ल्याएन।सानू गुरुआमाले सबैतिर लौरो खोजेझैँ गरिन्।अनिलले अँध्यारो अनुहार लगायो। गुरुमाले सोधिन् ” किन गृह कार्य नगरेको अनिल?” अनिल अक्मकियो।बत्ती गएर मिस फेरि सहजै भनिदियो। पहिले देखि नै अनिलको ढाट्ने बानी भैसकेको थियो। गुरुमाले कडा स्वरमा कड्किन” के गरुँ म यो अनिललाई ।कहिले भनेको मान्दैन।न कक्षामा पढ्छ। जतिबेला पनि साथिहरुसँग चल्यो।चिमट्यो।कहिले सुध्रेला यो।” दिक्क मान्दै कुर्सीमा थ्याच्छ बसिन्।सबै जनाको गृहकार्य चेक गरेर आजलाई पनि माफ फेरि भोलिदेखी चै ल्याउनु ल,”अनिललाई जिउमा सुम्सुम्याउदै बस्न भनिन्। भोलिपल्ट पनि अनिलले गृहकार्य ल्याएन ।अति भो ।उनले अनिललाई कक्षा कोठा बढार्न लगाइन् र सबै बिद्यार्थि चौरमा लगिन्। गोलो घेरा बनाएर पढाउन थालिन् । अनिलले रमाएर कक्षा सफा गर्यो। धेरै पटक अनिलले गृहकार्य नगरेको निहुँमा कक्षाकोठा बढार्यो। फेरि
पर्सिपलट पनि गृहकार्य छैन।उनले कक्षामै उभिएर पाठमा भएका बुँदाहरु कन्ठ गर्न लगाइन्।अरुको कपि चेक गरिसक्दा अनिलले पनि पाठ बुझायो।गुरुमा खुशी हुँदै सबैको अगाडि ल्याएर स्याबास अनिल भनेर सबै साथिहरुलाई ताली बजाएर स्वागत गर्न लगाइन्। त्यसपछि फेरि एक हप्ता अनिल स्कुल गएन।पहिले पनि हप्ताम २/३ दिन मात्र कक्षामा हाजिर हुन्थियो। सानू मिस उसको घरैमा गएर उसको बारेमा सबै कुरा परिवारमा सोधिन् । उसको सबै रुचि चाहाना र क्रियाकलापको बारेमा थाहा पाइन् । भोलिपल्टदेखि नियमित स्कुल आउने बनाएर सानू मिस घर फर्किन्।
नभन्दै अनिल भोलिपल्ट स्कुल गयो। तर गृह कार्य ल्याएन। सानू मिसले उसको रुचि थाहा पाएकी थिइन्। त्यसैले उसलाई दण्डको रुपमा अगाडि बोलाएर गीत गाउन लगाइन् । उसले फूलको आँखामा फूलै संसार …. बोलको गीत खुलेर गायो।सबै साथिहरुले परर्‍र ताली बजाए। त्यसदिनदेखि अनिल नियमित स्कुल आउन थाल्यो तर गृह कार्य लाएन। ल्याइ हाले पनि स्कुलमै गएर साथिको सारेर देखाउदो रहेछ। अधिकाङ्स दिन गृह कार्य ल्याएन अनिलले।बरु गीतमा दिन प्रतिदिन अब्बल बन्दै गयो।साथिहरुको ह्वाइ ह्वाइ पाउन थाल्यो। सानू मिसले उसलाई प्रोत्साहित गर्दै कहिलेकाही पुरस्कार पनि दिन्थिन् । स्कुलका कार्यक्रममा नियमित भाग लिन थाल्यो।स्कुल पनि नियमित भयो। बिस्तारै ऊ स्कुल बाहिरका विभिन्न कार्यक्रममा जान थाल्यो।सानू मिसले स्कुल बहिरका कार्यक्रममा नाम टिपाइदिन्थिन्। अनिल हएरे कार्यक्रममा सहभागी हुन्थ्यो।
अब ऊ निकै ठुला ठुला कार्यक्रममा सहभागी हुँदै धेरैको आँखाको नानी बन्यो।यसरी सानू मिसको दण्डबाट अनिल देशको एक शसक्त गायक बन्यो।

तिला लेकाली
बेलबारी,मोरङ

यसमा तपाइको मत