लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १६। लिलामाया ढकाल गाैतम ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १६। लिलामाया ढकाल गाैतम ।

लघुकथा

रामुकाे गुनासाे

ओ हो दिदि नमस्कार ! आज कताबाट हो ? आउनुस बस्नुस भन्दै कुर्सी तानेर बस्न दियो रामुले । यतातिर आएको थिए भाइलाइ भेटेर जान मन लाग्यो तेसैले पसेको नि भाइ । के छ भाइ खबर ? ब्यापार कस्तो चल्दै छ ?
के गर्नु दिदी आजकाल त इमानदार , मेहनती र भित्री गुणलाइ हेर्दारहेनछ्न । अर्काको मागेर नै किन नहोस बाहिर चट्ट टाइशुट डल्काएको देखे भने उसैको इज्जत गर्न थाल्छन । चाहे त्यो फटाहा र लुटारा जेसुकैहोस । हामी जस्तो मेहनत गर्ने मान्छेलाई हेप्छन फोहोरी भन्दै । आफ्नै पैसा उठाउन जादा पनि डर मान्दै जानुपर्छ के गर्नु दिदी रामुले भन्यो ।
करोडौं भन्दा माथिको कारबार गर्छु अहिले । काम गर्ने मान्छे फोहोरी त भइन्छ नै । आफ्नै मेहनत र पौरखमा परिवार पालेको छु । दिनभर मेहनत गर्छु कसैको एक पैसा खाएको छैन । रातभर आनन्दले निदाउछु । म त काम गरेर खाने मान्छे बच्चैदेखी दुख पाए । आमा बुवाले सानैमा छाडेर जानुभयो । अर्काको जुठो भाडा माझ्दै बाल्यकाल बिताए । सधै यसरी निर्बाह नचल्ने सम्झेर आफ्नै काम गर्ने सोचले सानो ब्यापारबाट शुरु गरे तर आज यो अबस्थामा आउला भनेर सोचेको थिइन ।
धेरैले पैसा खाइदिएका छन । आफ्नै पैसा उठाउन जादा पनि लुब्रुक्क परेर हात जोड्दै तपाईं हजुर गर्दै जानुपर्छ ।
( लीला माया ढकाल गौतम )

यसमा तपाइको मत