साहित्य क्षेत्रमा रत्नसरसँग मेराे परिचय

- तारा के सी


साहित्य क्षेत्रमा रत्नसरसँग मेराे परिचय :-

मान्छेकाे परिचय विभिन्न स्थान र परिस्थितिमा हुने गर्छ। प्राय परिचय मानिसकाे स्कुल, कलेज , अफिस र संघ संस्थाबाट नै हुने गर्छ। मैले साहित्य लेखनकाे शुरूवात ४४ सालदेखि गरेपनि पत्रपत्रिका भने ५० सालतिर मात्र छाँपिन थालेकाे थियाे। त्यतिबेला सम्म मैले कुनै प्रकाशक चिनेकाे थिइन् । मैले लेखेका बाल कविताहरू रेडियाे नेपालकाे बाल कार्यक्रमबाट भने प्रसारण भइरहन्थ्याे। मैले कविता रेडियाेमा पठाउँन खुव हुलाकघर धाएकाे छु। पारिजातकाे संस्मरण “धुपी सल्ला र लाली गुराँसकाे भेदमा” र “उपन्यास शिरिषकाे फूल” किन्ने क्रममा प्रगति पुस्तक भण्डार बनेपामा कलेजबाट फर्किदा पसेकाे थिए। त्यहि बेला भुवन सरले भन्नुभएको थियाे । तारा! तिमी साहित्यिक किताव किनेर त पढ्छ्याै , लेख्छ्याै पनि? मैले त्यति खेर कविता लेख्छु भनेकाे थिए। मेराे कविता पत्रिकामा छपाउँने मेलाेमेसेा भुवन सरले नै माेहन दुवाल सरमार्फत गराइदिनु भाकाे थियाे । माेहन दुवाल सरले त्यतिखेर रत्न सरकाे खुव नाम लिनु हुन्थ्याे। रत्न सरले त्यतिखेर कविकाे रूपमा परिचय बनाई सक्नु भएकाे रहेछ। ६०काे दशकतिर गजल लेखनमा खुव मन बसेकाे थियाे मेराे पनि। गजल भनेर २०० भन्दा बढि लेखे। काभ्रे टायम्स, बुलबुल, रेडियाे H.B.C. रेडियाे नेपाल र धादिङ रेडियाेबाट समेत प्रसारण भए। गजल लेख्न सिक्नकाे लागि मैले थुप्रै गजलकारका कितावहरू किनेर पढ्ने क्रममा रत्नप्रसाद अनामणि सरकाे गजल संङ्ग्रह ” दाउहरू फरक फरक” किनेर पढे। त्यतिखेर सम्म एउटै ठाउँकाे भएपनि रत्नसरलाई मैले देखेकाे र प्रत्यक्ष भेटेकाे थिइन्। अनामणि प्रकाशनबाट प्रकाशित ” दाउहरू फरक फरक ” गजल संङ्ग्रहमा समावेश भएका चित्रसहितका २७ अाेटा गजलहरू मैले पढे। माेहन दुवाल सरकाे शुभकामना र घनश्याम न्याैपाने ” परिश्रमी” सरकाे भूमिका रहेकाे उक्त गजल संङ्ग्रह २० ६२मा छापिएकाे रहेछ। उक्त किताब मैले २०६६/१७/२७ मा ५० रूपियाँमा किनेकाे रहेछु। २०६७ मा मेराे पहिलाे कविता संङ्ग्रह ” तारापुञ्ज” प्रकाशन गर्ने सिलसिलामा म जनमत प्रकाशन पुग्दा माेहन दुवाल सरले भन्नुभयाे, एउटै जिल्लाका एउटै ठाउँमा बसाेवास गर्ने रत्नसरसँग परिचय गरे हुन्छनी तारा। साहित्यमा रत्नसँग धेरै कुराहरू सिक्न सकिन्छ। उहाँले त्यतिखेर केही जनमत रत्नलाई दिनु भनेर मलाई पठाउनु पनि भाकाे थियाे। मैले जनमत लगेर पसलमा म्याडमलाई दिएँ तर रत्न सरसँग भने भेटे भएन। मेराे र रत्नसरकाे घर गाेङ्गबुमा १५/२० मिनेटकाे दुरीमा थियाे र पनि हामी अपरिचित थियाै। २०७०मा नियात्राकार दामाेदर पुडासैनी , रत्नप्रसाद अनामणि, उमेश पाण्डे सर लगाएत कविहरूले गाेङ्गबुमा ,गाेङ्गबु साहित्य समाज गठन गर्नु भएकाे रहेछ। दामाेदर पुडासैनी सरकाे निम्ताे स्विकार्दै म पनि त्यस कार्यक्रममा पुगेकाे थिए। त्यसै कार्यक्रममा रत्नसरसँग प्रत्यक्ष भेटघाट र परिचय भएकाे थियाे। दुवाल सरले भनेझै सालीन र मिजासिलाे स्वाभावकाे हुनुहुदाे रहेछ रत्न सर! अहिले हामी एउटै साहित्यिक संघ संस्थामा अाबद्ध छाै। महिनामा एकचाेटी अाफ्नै घरमा कार्यक्रम राख्नु हुन्छ उहाँ। उहाँकाे घर साहित्यिक चाैतारी बनेेकाे छ। अनुज पुस्तादेखि अग्रज सम्म त्यस चाैतारीमा अटेका छन्। उमेरकाे हिसावले मेराे दाइ नै भएपनि दिदी भनेर उहाँले सम्मान गर्नुहुन्छ। एउटी चेली र माइतीकाे सम्बन्ध बनेकाे छ उहाँसँग मेराे। हरेक पाइलामा हाैसला र लेखनमा उर्जा थपेर प्रेरणा दिई रहनु हुने रत्न सरसँग मेराे याे नाता र सम्बन्ध सदा ताजा र प्रेरणादायी बनेर मन मुटुमा रहिरहाेस्। जय साहित्य!

यसमा तपाइको मत