मनन गर सौभाग्य

- राजेन्द्र कुमार ब्रजाचार्य


शीर्षक :मनन गर सौभाग्य
======================
छन्द – वृन्ता
लक्षण: गण ‘ननसगुगु’ भए वृन्ता ।

गण: न न स गु गु
गण संकेत: III III IIS S S
अक्षर:११, विश्राम: ४ र ७ अक्षरमा ।
राजेन्द्रकुमार बज्राचार्य

जब मन शमन र श्रध्दाको ।
पवन शितल सब प्रात:को ॥
तनमन सब गति आदित्य ।
कहर छ अब मनमा अन्त्य ॥१॥

अब भव सब सुख तृष्णाको ।
जब जब भ्रमण वितृष्णाको ॥
यदि सुख धन यश हाताको ।
रहर सब कहर माताको ॥२॥

जगत जन सब रहे दु:खी ।
भगत जन अब उठे साथी ॥
भगत सब बुझ सदा यात्री ।
फगत अब नि नबने हात्ती ॥३॥

दिन दिन सब जनको प्रार्थी ।
प्रमथ गण र सबको मातृ ॥
प्रकृति नियम कसरी बाधा ?

शमन रमन त्यसरी छाडा ॥४॥
तन, मन, धन यसले आर्त ।
निवरण र हरण सौगात ॥
हरपल प्रतिफलको भागी ।
मनन गर सब छ सौभागी ॥५॥

यसमा तपाइको मत