नेकपा स्थायी समितिका २९ जना केन्द्रीय सदस्यहरु सहभागी मंगलबारको अनौपचारिक भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको कडा आलोचना गर्दै उनीअध्यक्ष पार्टी विधानविपरीत अघि बढेको आरोप लगाएको छ।
अध्यक्ष ओली आउन अस्वीकार गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षता बसेको भेलाले ओलीले अर्का अध्यक्षको परामर्शबिनै स्थायी समिति बैठक रोक्नु गलत भएको निर्णय गरेको छ।
त्यस्तै, अध्यक्ष ओलीसँगको परामर्शमा दाहालले दुवै अध्यक्षहरु सहभागी हुने गरी स्थायी समिति बैठकको मिति तय गर्ने पनि भेलापछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अध्यक्ष ओलीले पार्टी विधानविपरीत सल्लाह र परामर्शबिनै बैठक रोक्नु गलत भएको टिप्पणी सदस्यहरुले गरेका थिए।
अध्यक्ष दाहालले पार्टी संकटमा अघि बढिरहेकाले उत्तेजित नहुन सबैलाई आग्रह गरेका थिए।
भेलामा उपाध्यक्ष बामदेव गौतमले पार्टी संकटबाट बाहिर निस्कन मध्यमार्गी प्रस्ताव ल्याएका थिए।



