काठमाडौँ । गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई को’रोना सं’क्रमण पुष्टि भएपछि गृहले प्रवेसमा क’डाइ गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा सं’क्रमण पुष्टि भएको जानकारी दिए।उपत्यकामा दुई सातायता देखिएका सं’क्रमितमध्ये सबैजसो उपत्यकाबाहिर जिल्ला र भारतबाट फर्किने रहेको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताए । ‘कोही गाडी रिजर्भ गरेर आउने, केही आफन्तसँग त केही निर्बाध रूपमा चलेको भाडाका गाडीमा आइरहेका छन्,’ उनले भने, ‘काठमाडौं आएपछि स्वाब दिँदा को’रोना पोजिटिभ देखिएको हो । नाकामा क’डाइ नगर्ने हो भने उपत्यकामा व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’



